
बेंगलोर । दिलीप कुमार बिक १६ फरवरी २०२५ का दिन पुरानो घरमा फर्किनु भएको छ । वहाँ अखिल भारत नेपाली एकता समाजको केन्द्रीय समिति सहित बिभिन्न समितिमा विगत चार वर्षदेखि कार्यरत हुनुहुन्थ्यो ।
हाल वहाँले उक्त संगठनले कुनै पनि कार्यहरु संतोषजनक रुपमा गर्न गर्न नसकेको महसुस गर्दै उक्त संगठनको सम्पूर्ण स्तरको संगठनबाट र साधारण सदस्य समेत नरहने गरि राजीनामा दिनुभएको छ ।
वहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको छ । वहाँलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य धर्म पहरीले सदस्यता प्रदान गर्नुभएको छ । सो अवसरमा बेंगलोर उत्तर नगर समितिका सदस्य निर्मला दाहाल, सीता कुँवर, दुरा पहरी लगायतका साथीहरुको पनि सहभागिता रहेको थियो ।















