ओडिसाको किट युनिभर्सिटीमा भएको घट्नाप्रति मूल प्रवाहको ध्यानाकर्षण

नयाँ दिल्ली । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु तथा नेपाली विद्यार्थीहरूमाथि भएको अमानवीय व्यवहारप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वक्तव्य जारि गरेकोछ।
बुटवलकी प्रकृति लम्साल बीटेक (सीएसई) तेस्रो वर्षमा अध्ययनरत थिइन् । उनी फेबु्रअरी ११ का दिन अपराह्न ४ बजे कलेजको छात्रावासमा मृत फेला परेकी थिइन् । यस घटनालाई विश्वविद्यालय प्रशासनले आत्महत्या भनेर प्रचार गर्न खोजे पनि घटनाको सत्यतथ्य लुकाउन खोजिएको विद्यार्थीहरुको ठम्याई छ । घट्नाको निश्पक्ष छानविनको माग गर्दै विद्यार्थीहरुले आन्दोलन गर्दै आएका छन् । शो आन्दोलनप्रति मूल प्रवाहले ऐक्यवद्धता जनाएको छ ।
घटनाको सत्यतत्थ्य जान्नका लागि समाजका केन्द्रीय सदस्य गिरीराज परियार, क्षेत्रीय सदस्य तथा भूवनेश्वर नगर समितिका अध्यक्ष रेकम जिसी, क्षेत्रीय सदस्य शशिकला जिसी र कौशिल्या परियार सहितको प्रतिनिधि मण्डल घट्नास्थलमा पुग्नु भएको समाजका महासचिव प्रेम पौडेलले बताउनु भएको छ ।
प्रतिनिधि मण्डलले कलेज मालिक, भाइस चान्सलर, रजिष्टार र मालिकको स्वकिय सचिवसँग भेटवार्ता गरेको थियो । विद्यार्थीहरुलाई किन फर्काइएयो ? यसप्रकारको अमानवीय गतिविधि किन गरियो ? लगायतका विषयमा छलफल भएको थियो । कलेज प्रशासनले प्रतिनिधि मण्डलसँगको छलफलका दौरानमा कैयौं झुट्टा अभिव्यक्ति दिएको केन्द्रीय सदस्य गिरीराज परियारले बताउनु भयो ।
यस घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाली विद्यार्थीहरू शान्तिपूर्ण रूपमा आन्दोलनरत रहँदा विश्वविद्यालय प्रशासनले प्रहरी परिचालन गरी उनीहरूमाथि लाठीचार्ज गराउनु, धम्की दिनु र जबरजस्ती छात्रावासबाट निकालेर सडकमा अलपत्र छाड्नु निन्दनीय तथा अमानवीय कार्य भएको यसलाई तत्काल सच्चाइनु पर्ने माग मूल प्रवाहका प्रतिनिधि मण्डले कलेज प्रशासनसँग राखेको थियो ।
प्रस्तुत छ वक्तव्यको पूर्ण पाठः

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार