
भुवनेश्वर । ओडीसा राज्यको भुवनेश्वर सिटीमा पर्ने कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी बिश्वविद्यालय (Kiit University Bhubaneswar) मा उच्च शिक्षा हासील गर्न नेपालदेखि हजारौंकोे संख्यामा आएका विद्यार्थीहरु मध्य एक थिइन् विटेक तेश्रो वर्ष अध्ययनरत छात्रा प्राकृती लम्साल । उनले छात्रावासमा आत्माहत्या गरेको र सत्यतथ्यको माग राख्दै आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीहरु माथि अन्या, अमानवीय, दूव्र्यवहार भएको समाचार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भुवनेश्वर नगर समितिमा १७ फरवरी २०२५ मा प्राप्त भएको थियो ।
घट्नाको बारे जानकारी लिनका लागि किट युनिभर्सिटीमा कार्यरत कतिपय नेपालीहरुलाई फोन गरियो तर कसैको फोन उठेन । त्यस पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका सदस्य गिरीराज परियारको नेतृत्वमा भुवनेश्वर नगर अधक्ष्य रेकम जिसी, नगर सदस्य शशिकला जिसी र कौशल्या परियार सहितको चार सदस्यीय प्रतिनिधि मंडल घट्ना स्थलमा पुगेको थियो ।
किट युनिभर्सिटीकोे प्रशासनीक विभागमा पुग्दा त्यहाँका सुरक्षाकर्मीहरूले भित्र जान दिएका थिएनन् । प्रतिनिधि मण्डलले आफ्नो सांगठनिक परिचय–पत्र आईकार्ड देखाए पछि भित्रबाट नै आदेश आउनुका साथै फाउन्डर अच्युत सामन्ता, भाइस चान्सलर सरन्जित सिंह, प्रिन्सिपल सचिब देबासिश बन्द्योपाध्याय लगायतका व्यक्तित्वहरूले लिन पनि आएका थिए । प्रतिनिधि मण्डललाई विश्राम कक्षमा बसालेर आ–आफ्ना परिचय साटासाट गरिएको थियो ।
घटनाको विवरणबारे छलफल शुरुवात मै प्रतिनिधि मण्डलसँग घटनाको बारेमा फाउन्डरले आफ्नो धारणा ‘यस बारे म धेरै दुखित र चिन्तित छु, किन भने मेरो पासमा धेरै नेपाली कर्मचारीहरु हुनुहुन्छ र म पनि वहाँहरुको सहारामा बाँचेको छु’ भन्ने जस्ता भावनात्मक अभिव्यक्ति दिएका थिए ।
त्यस पछी भाइस चान्सलर सरन्जित सिंह, रजिस्टर ज्ञान रंजन र प्रिन्सिपल सचिब देबासिस बन्द्योपाध्यायसँग पनि छलफल प्रतिनिधि मण्डलले छलफल गरेको थियो । प्रश्नकोे जवाब सन्तोष जनक आएन । हाम्रा प्रतिनिधिहरुले क्याम्पस प्रशासनसँग र मृतककी बाबुसँग गरेका छलफल तल उल्लेख गरेका छौं ।
प्रतिनिधि – प्रकृति लाम्सालको आत्माहत्या हो कि हत्या ?
क्याम्पस प्रशासन – सुसाईड हो ।
प्रतिनिधि – यदि सुसाइड हो भने किन सुसाईड गरिन् ?
क्याम्पस प्रशासन – प्रेम चक्कर थिइन् । झगडा हुने र मिलाप हुने भैरहन्थ्यो र एक पटक दुबै पक्षका अभिभावकहरुलाई बसालेर आइन्द यसो नगर्ने भनि मेलमिलाप गराइएको थियो । (यो सरासर झुट थियो भन्ने पछि मात्र पुष्टि भयो ।)
प्रतिनिधि – सुसाइड गरेको रूम भित्रबाट बन्द थियो वा बाहिरबाट ?
क्याम्पस प्रशासन – भित्रबाट ।
प्रतिनिधि – कसरी खोल्नु भयो ?
क्याम्पस प्रशासन – एउटा सानो बच्चालाई टुल माथि चढाएर खिडकीकोे सिसा तोडेर भित्र प्रवेस गराईम र भित्रबाट बन्द ढोकाकोे कब्जा खोल्न लगाएर भित्र पसेर हेर्दा पंखामा झुण्डिएको पाइयो ।
प्रतिनिधि – किन पोलिस प्रशासनलाई खबर दिनु भएन ?
क्याम्पस प्रशासन – पोलिस फर्नमालिटीमा जाँदा ढिला हुन्छ यदि मृतककोे सास चलेको रहिछ भने बाँच्ने सम्भावना हुन्छ भनेर तत्काल होस्पिटल लग्ने काम भएको हो । त्यसपछि पोलिस प्रशासनलाई जानकारी दिएका थिए ।
प्रतिनिधि – जसका कारण प्रकृति लाम्सालकोे घटना घट्यो त्यसमा कुन कदम चाल्नु भएकोे छ ?
क्याम्पस प्रशासन – एरपोर्ट देखि बोर्डिङ पास बनाएर भाग्न लागेको बदमाश २१ वर्षको आरोपीलाई गिरफ्तार गरेर कोट चलान गरेका छौं ।
प्रतिनिधि – नेपाली विद्यार्थीहरुलाई मात्र किन जबरजस्ती लखटियो ?
क्याम्पस प्रशासन – जबरजस्ती हैन ती बिद्यार्थीहरूले तोडफोड, होहल्ला गरी आन्दोलन, जुलुस गरेर माहोल विगारे पछि माहोल राम्रो भएपछि फर्केर आउने समझदारीमा पठाएका हौं । (भन्ने झुट्टा जवाफ दिए । जबकी हामी त्यहाँ पुग्दा छात्रावासका वाडनहरुले दिएका धम्किपूर्ण अभिव्यक्तिहरु र सुरक्षाकमीहरुले नेपाली विद्यार्थीहरुमाथि गरेका दूव्र्यवहारका विडियोहरु सामाजिक सञ्जालमा छपछप्ती साइसकेका थिए ।)
प्रतिनिधि – हजुरहरुको कुरा ठिक वेठिक जे होला त्यो भविष्यले नै पुष्टि गर्दैजाला । तर जहाँ शंका लाग्छ हामी फेरि आउँछौं ।
क्याम्पस प्रशासन– हजुरहरूलाई २४ घण्टा दरवाजा खुला छ । (त्यस पछि उनीहरूको सम्पर्क नम्बर लिएका छौं ।)
त्यस पछि पोलिस प्रशासनमा गइयो । उनीहरूले पनि बदमाशलाई पक्रेर कोट चानल गरेको बताए । हामीले मृतकका आफन्तलाई जानकारी भयोकि भएन ? भनि सोधपुछ गर्दा पोलिसहरूले आफन्तहरु आइसकेको र किटको गेस्ट हाउसमा रहने व्यवस्था गरेको बताए । पोलिससँग मृतकका आफन्तहरु रहेको ठेगाना लिएर हामी वहाँहरुलाई पनि भेट्न गयौं ।
प्रतिनिधि – छोरीसँग कहिले कुरा भएकोे थियो भनि जान्न खोज्दा आईतबारका दिउसो २ वजेतीर आमा–छोरीको फोनमा कुरा भएकोे रहेछ ।
मृतककी बाबु – ‘आमा–छोरीको बीचमा कुराकानी भएको दुई घण्टा भित्रै त्यस्तो घट्ना सुन्न पर्यो’ मृतककी बाबुले भन्नु भयो ।
प्रतिनिधि – ‘केटाकेटीको झगडा भै रहन्थ्यो, हामीले दुबै पक्षका अभिभावकहरूलाई बोलाएर मिला पत्र गरेको थियौं, तर अहिले हामीलाई था नदिएर केटीले सुसाईड गरिछन्’ भनेर क्याम्पस प्रशासन विभागले हामीलाई भनेका थिए त ?
मृतककी बाबु – के भन्नु हुन्छ हजूरले सत्य हो भनेर सोध्दा केटीका बुबाले झै झगडाको बारेमा हामीलाई बोलाएका होइनन् भन्नु भयो । (यसरी सरासर क्याम्पस प्रशासनले झुट बोलिरहेको छ र सत्य छिपाउन खोजिरहेको छ भन्ने सावित हुन्छ ।)
प्रनितिधि – अनी हजुरको भनाइ के छ ?
मृतककी बाबु – भोली एइमस अस्पतालमा सबको पोष्टमार्टम पछि स्वदेश लैजाने वातावरण बन्छ भने मिलाई दिनु होला ।
प्रनितिधि – हामीले ठिकै छ, किट युनिभर्सिटीसँग हुन्छ कि राज्य सरकारसँग हुन्छ, कुरा गर्छौं भन्ने आश्वासन दिएका थियौं ।
मृतककी बाबु – धन्यबाद सर ! हजुरहरू आउनु भयो, खुसी लाग्यो हजुरहरू के कसरी आउनु भयो, कसैले बोलायो कि ?
प्रनितिधि – हामीले हाम्रो भारत भरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजकोे संगठन भएको बतायौं । जहाँ यस्ता घटना घट्छन्, नेपालीहरु अन्यायमा पर्छन् त्यहाँ मूल प्रवाहले आफ्ना प्रतिनिधिहरु पठाउने गरेको छ । यो संगठनले आफ्नो नातोगोता र छरछिमेक रुपमा भन्दा पनि समस्यामा परेका जोसुकै नेपालीलाई समस्या पर्छ त्यहाा पुगि हाल्छौं ।
मृतककी बाबु – नेपालकोे कुन पार्टीलाई समर्थन गर्नु हुन्छ ?
प्रनितिधि – ‘राष्ट्रिय जनमोर्चाले देस तथा बिदेसका सबै खाले नेपाली जनताको हक अधिकारको पक्षमा र देशका भ्रष्ट ब्यबस्थाकोे विरोधमा तथा देश र जनताका हक अधिकार र न्यायका पक्षमा संघर्ष गर्दै आइरहेको हुनाले राष्ट्रिय जनमोर्चालाई समर्थन गर्छौं ।
मृतककी बाबु – ओहो चित्र बहादुर केसीको पार्टी हो ? बुढा साँचो बोल्नु हुन्छ तर मान्छेले सुन्दैनन् !
प्रनितिधि – ठिकै छ सर जो नहुनु थियो, त्यो भैहाल्यो हजुरहरु ढुक्क हुनुहोस् अब जे गर्नपर्छ कानुनी रुपमा मूल प्रवाह अगाडि बढ्छ ।
मृतककी बाबु – युनिभर्सिटीकोे तर्फबाट क्षतिपुर्ति दिलाउन सक्नु हुन्छ कि ?
प्रनितिधि – हजुरलाई न्याय चाहिएको हो की, क्षतिपुर्ति, यदि क्षतिपुर्ति माग गरियो भने दिलाउन सकिन्छ तर त्यो बदमासलाई कानुनी कारबाही हुँदैन र छुटी हाल्छ ।
मृतककी बाबु – हुन्छ सर, हामी त यति टाढाबाट आउन सक्ने कुरै भएन हजुरहरूले पहल गर्नू होला र कूनै पनि हालतमा छुट्न नपाओस् ।
रात्रिको समय १० पनि बजे त्यहाँबाट हमी अर्को दिन भेट हुने सल्लाह सहित बिदा भयौं ।
१८ फरवरी २०२५ का दिन विहान १० वजे रेकम जिसी, शशिकला जिसी, कौशल्या परीयार सहित हामी चार जना एइएमस अस्पताल पुग्यौं । त्यस पछि यसडीयम, एसपी र अन्य पोलिस अधिकृत त्यहाँ पुगे । मृतक सहितको ती चार जना आफन्तलाई भुवनेश्वरदेखि दिल्ली र दिल्लीदेखि काठमाडौं जाने फ्लाइट ब्यबस्था राज्यले गर्ने समझ्दारी भयो । सबको पोष्टमार्टम गरेर बक्समा पेकिङ भइसके पछि १९ फरवरी २०२५ को बिहानको ७ वजे फ्लाइटमा वहाँहरु स्वदेश फर्कने समझ्दारी बन्यो ।


KIIT कलेजमा पढ्ने ४०+ विद्यार्थीहरु हिजो बिहान रक्सोल हुँदै नेपाल आइ पुगेका छन् ।