
बेंगलोर । लामो समयदेखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा काम गर्दै आउनु भएका सुरेश बिक मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मै रहेको एक वक्तव्य मार्फत जानकारी गराउनु भएको छ ।
वहाँलाई केही फूटपरस्त व्यक्तिहरुले भ्रम दिंदै वहाँको बुबा स्व. चन्द्र बहादुर विकले निर्माण गरेको संगठन हो भन्दै आफूहरुको गतिविधिमा संगलग्न गराउन खोजेता पनि आफू न्यूटल भएर बसेको भन्दै आजैको मितिदेखि वहाँ आफू मूल प्रवाह मै रहेको जानकारी गराउनु भएको छ । वहाँलाई केन्द्रीय सदस्य नरेश विकले मूल प्रवाहको सदस्यता प्रमाण पत्र हस्तान्तरण गर्नुभएको छ ।

















