

ज्ञानप्रसाद शर्मा
फाल्गुन १३ गते, २०७२ अर्थात २५ फरवरी, २०१६ को त्यो कालो दिन एक जनप्रिय नेता मित्रलाल शर्माको निधन भएको आज पनि झलको आइरहन्छ । यो सर्वसत्य हो कि व्यक्ति या प्राणीको जन्म भए पछि मृत्यु अवश्य हुन्छ । कोही स्वाभाविक मृत्यु त कोई असामयिक परिस्थितिमा देहावसानको रूपमा दुनियाबाट विदा हुन्छन् । समय व्यतीत हुनुको साथ उक्त व्यक्तिको समझना र स्मृति पनि आँखामा मोतियाबिंदको धुंधलापन जस्तो मानस पटलबाट विस्मृत हुन थाल्छ । यो प्रकृतिको कटु सत्य हो, तर उनी मध्ये अधिकांश व्यक्तिको व्यक्तित्व यति प्रभावशाली रहन्छ कि उनको योगदान र विभिन्न विषय, सन्दर्भहरुमा स्मरण भई रहन्छ ।
कामरेड मित्रलाल शर्मा पनि त्यस्तै एउटा व्यक्तित्व हो । जसको मृत्युगमनको नौ वर्ष उपरांत पनि जनमानसको मानस पटलमा जीवित नै हुनुहुन्छ । ऊहाँ वक्तृत्व कला, निराशामा हताश नभई हिम्मत जगाउने, विषम परिस्थितिमा ठोस निर्णय लिने आँट गर्न सकने व्यक्तित्वको रुपमा आज पनि आदर्श नै हुनुहुन्छ । भौतिक रुपमा वहाँ हामीबाट बिछोड भएको नौ वर्ष भयो तर, पार्टी संगठन, समाज नाता कुटुंबमा विभिन्न आयोजन, अवस्था र सन्दर्भमा उपस्थितिको अहसास गराउनु भएकै छ । यो अलग विषय हो कि हामीले ऊहाँले देखाएको बाटोमा, दिएको शिक्षामा कती गम्भिरताको साथ चिन्तन, मनन गरी समर्पित छौं । यो तीतो सत्यपनि हो कि उहाँले परिवारलाई भन्दा पार्टी र संगठनलाई प्राथमिकता दिनु हुनुहुन्थ्यो । उहाँको साेंचमा धन धान्य भई आलिशान घर बनाउ, संपत्ति बढाउने या संतानले ऐशो–आराम परस्त जीवन व्यतीत गर्नुपर्छ भन्ने धारणा काहिले रहेन ।
यसको प्रभाव आज पनि परिवारमा स्पष्ट रूपले यथावत छ । वहाँको व्यक्तिगत जीवन जति जटिल र उलझन भरी भएतापनि सांगठनिक स्तरमा कहिले पनि बाधा उत्पन्न हुन दिनु भएन । त्यसकारणले नै उहाँ एक समयमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मात्र नभएर अन्तराष्ट्रिय नेपाली एकता समाजको पनि नेतृत्व गर्नु भएको व्यक्तित्व हो ।
शोषण, दमनको विरुद्ध प्रारम्भदेखि नै सक्रिय हुनुहुन्थ्योः
मित्रलाल शर्मा तत्कालीन अखिल भारत नेपाली एकता समाज (वर्तमानमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज) को संस्थापक सदस्य नभएता पनि दिसंबर १९८० देखी जोडिनु भएको थियो । उहाँको आफन्त देवीप्रसाद पौड्याल भन्नु हुन्छ मित्रलाल जी र उहाँ सँगसँगै अखिल भारत नेपाली एकता समाजसँग जोडिनु भन्दा पहिला डेमोक्रेटिक फेडरेशन आफ इंडिया (डीएफआई) को माध्यमबाट शोषण, दमनको विरुद्ध संगठित हुनुपर्ने सोंच र विचारलाई पालन गर्दै काम गरिरहनु भएको थियो । स्थानीय कर्मचारी संगठनहरूको गठन र परिचालन गर्ने काममा सक्रियताको साथ तत्पर रहनु हुन्थ्यो । दिसंबर १९८० मा अखिल भारत नेपाली एकता समाजको गठन भएको जानकारी प्राप्त भएपछि नेपालीहरूलाई संगठित गर्ने और एकता समाजको गठन गर्ने क्रममा लागियो । त्यसपछि वहाँले पछि फर्केर हेर्नु भएन । जीवनको अंतिम समयसम्म पनि पार्टी, संगठनकै कामको दौरान व्यस्तताको बीच मृत्युसँग जित्न सक्नु भएन ।
हामी कार्यकर्ता र परिवारजनले उहाँको जीवनबाट के सिकनेः
कामरेड मित्रलाल शर्मासँग काम गरेका र उहाँलाई नजदीकबाट चिन्ने व्यक्तिहरूले उहाँलाई एउटा व्यक्ति मात्र नभएर शोषित, पीडित, समाजहितको चिन्तन गर्ने व्यक्तित्वको रूपमा परिचय गर्छन् । आज हामी विभिन्न पार्टी, संगठन, समाजका अधिकांश पदाधिकारी र कार्यकर्ताहरु भौतिकवादी सोंचलाई प्राथमिकता दिएर समाज, संगठन र पार्टीप्रति आस्था राखी काम गरिरहेका छौं। आज हाम्रो आर्थिक परिस्थिति पनि बदली रहेको छ । संगठनको स्वरूपमा बदलाव आइरहेको छ ।
हामी मार्क्सवाद लेनिनवाद माओत्सेतुंग विचारधारालाई अंगीकार गरी जनहितको सेवा गरने सोंच र दृष्टिकोणको साथ खटीरहेका छौं तर, विज्ञान र तकनीकको विकासमा हामी पुरानो सोंच र संकुचित मानसिकताबाट निकास पाउन सकिरहेका छैनौं । व्यक्तिगत र सामाजिक जीवनमा हाम्रो व्यवहार र सिद्धान्त फरक छ । अध्ययन, लेखन र तकनीकी चिन्तन विकसित हुन नसक्नु इच्छाशक्तिको अभाव हो ।
कामरेड मित्रलाल शर्माले संगठनकर्ताले मोबाइल, इंटरनेट मीडियाको सदुपयोग गर्नुपर्छ भन्ने धारणा आरम्भ गर्नु भएको हो । यहाँको सन्तानले पनि इंटरनेट मीडियाको बारेमा खास दक्षता प्राप्त गरेका थियेनौं । उहाँको शैक्षणिक योग्यता दश कक्षा भन्दा कम भएतापनि अध्ययन, लेखन र तकनीकको उपयोग गरने खुबी विलक्ष्ण थियो । हिन्दी र नेपाली भाषामा पकड मजबूत हुनाले उहाँ भारत र नेपालका मात्र नभएर अन्तर्राष्ट्रिय नेता बन्नु भएको थियो । त्यसकारण कुनै साथीहरुले उहाँलाई आयातित नेताको पनि आरोप लागेको हुन्थ्यो । मित्रलाल शर्माको सान्निध्य, शिक्षा र मार्गदर्शन प्राप्त साथीहरु आज विभिन्न जिम्मेदारी संभालनु भएको छ । अतीतमा मित्रलाल शर्माको व्यवहार, अनुशासन रुपी सख्तीले परेशान हुने साथीहरुलाई पनि आज कमी महशुस गरी रहनु भएको छ । यहाँ हामी सख्तीले हैन सौम्य, धैर्यवान र विषय वस्तुको बारेमा विस्तृत जानकारी हुनुपर्छ भन्ने धारणा आवश्यक हुन्छ । जुन विषयमा हामी कमजोर छौं त्यसमा अतिरिक्त समय दिएर दक्षता प्राप्त गर्नुपर्छ । लेनिनवादी शिक्षा अनुसार पनि सिक, सिकाउ र फेरी सिक (learn, teach and again learn) सोंच हामीले विकसित गर्न सकिरहेका छैनौं । आज कामरेड मित्रलाल शर्माको व्यवहार, कार्य शैली, खानपान र पहनावा सहित विभिन्न आचरणको स्मरण गर्नुको साथ उहाँको सपना र जिम्मेदारीलाई कसरी पूरा गर्ने भन्ने विषयमा पनि चिन्तन मनन गरी संकल्पित हुनुपर्ने आवश्यकता छ । यही उहाँप्रति हार्दिक श्रद्धाञ्जलि हुनेछ ।
ज्ञान प्रसाद शर्मा, सदस्य, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति एवं श्री स्व. मित्रलाल शर्माको सुपुत्र हुनुहुन्छ ।














