प्रकृति लम्साल मृत्यु प्रकरणमा न्यायिक आयोग गठन गर्न भाकपा (माले) मासलाइनको माग

काठमाडौँ । भारतीय राज्य उडिसाको भुवनेश्वर स्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल एण्ड टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनाको भाकपा (माले मासलाइन) ले विरोध गरेको छ ।

भाकपा माले मासलाइनको तर्फबाट महासचिव प्रदीप ठाकुरले एक विज्ञप्ति प्रकाशित गरी यो घटना ‘भारतीय विस्तारबादी सोचको परिणाम’ भएको बताउनुभएको छ ।

साथै, भाकपा (माले) मासलाइनले सो घटनाको छानबिन गर्न न्यायिक आयोगको समेत माग गरेको छ ।

यो विषय मानवीय मात्रै नभएर अन्तर्राष्ट्रिय विषयसमेत भएकोले न्यायिक आयोग गठन गर्नुपर्ने सो दलको जोड रहेको छ ।

सीपीआई (माले) मासलाइन यो घटनालाई लिएर अत्यन्त चिन्तित भएको विज्ञप्तिमा उल्लेख छ ।

‘यो घटना उडिसामा घट्यो जसको शासन बिजेपीदलका हातमा छ जसले नेपालसँग हिन्दु एकता छ भनेर प्रचार गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘तर नेपाली छात्राको मृत्युको यो दुर्भाग्यजनक घटनाले त्यो “हिन्दु समभावको” भावना तोडेर यहाँ लुकेको विस्तारवादी मनोभाव प्रष्ट पारेको छ।’

नेपाली छात्राको मृत्युका कारण नेपाली जनतामा परेको दुखद क्षणमा सीपीआई (माले) मासलाइन नेपाली जनतासँगै रहेको जनाउँदै सो दलले भारतभूमीमा विस्तारवादका कुनैपनि अभिव्यक्ति विरुद्ध लडाइँ जारी राख्ने स्पष्ट पारेको छ ।

यही फागुन ४ गते (आइतबार) उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा २० वर्षीय प्रकृति मृत अवस्थामा फेला परेकी थिइन्।

प्रकृतिको न्यायका लागि नेपाली विद्यार्थीले प्रदर्शन गरेपछि युनिभर्सिटी प्रशासनले विद्यार्थीहरूलाई दमन गरी निष्कासन गरेको थियो ।
विश्वविद्यालयबाट निष्काशित अधिकांश विद्यार्थी नेपाल आइसकेका छन् ।

सो प्रकरणमा विश्वविद्यालय प्रशासनले माफी मागेको छ भने प्रकृतिलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा त्यही कलेजका एक भारतीय विद्यार्थीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा लगाइएको छ। साथै कलेजका अन्य ५ कर्मचारी पनि अनुसन्धानको घेरामा छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार