
आज विश्वमै महिलाहरू असुरक्षित् र अपहेलित अवस्थामा छन् ।महिला मुक्तिको लागि लगभग अढाइ सय वर्ष पहिले देखि संघर्ष हुँदै आएको देखिन्छ।तर पनि जती सुधार हुनुपर्ने हो त्यती हुनसकेको छैन । सन् १८ दिसम्वर १९७८ मा पारित भएको संयुक्त राष्ट्रसंघको महासन्धिमा महिलाहरूमा हुने तमाम भेदभावको अनत्य गर्ने प्रस्ताब पारित भएको थियो । नेपालमा पनि कैयौँ नियम कानुनहरू बनेकाछन् तर पनि ति व्यवहारिक हुनसकेका छैनन् । नियम कानुनलाई बनाएर मात्र हुँदैन बरू सामाजिक रूपमा हेर्ने दृष्टिकोणमा बद्लाव आउँनु पर्दछ ।
एकातिर पुरूषले बस्तुको रूपमा हेर्ने र अर्काे तिर महिलाले आफैलाई कम्जोर ठान्ने व्यवहारले गर्दा भनेकोजती वा प्रयास गरेनुसार सुधार हुनसकिरहेको छैन । यो छुट्टै कुरा हो कुनै देशमा थोरै कुनै देशमा धेरै मात्रामा सुधार आएका छन् । तर यसको अर्थ महिलाहरूको अबस्थामा कत्ती पनि सुधार भएको छैन भनेर भन्नु पनि ठिक नहोला । क्रमिक रूपमा केही थोरधेर सुधारपनि भएकाछन् । कतिपय राजनैतिक सामाजिक सुधारहरू ऐतिहासिक पनि छन् तर कैयौँ सुधार दया र मायाँमा निहित पनि छन् ।
मूलभुत रूपमा महिलाहरू अहिले पनि अशुरक्षित, अपहेलित, असाय, दमित, पुरूषको आश्रृतमा रहेका देखिन्छन् । साररिक रूपमा, आर्थिक रूपमा र राजनैतिक रूपमा पनि उनीहरू शोसित पिडित् नै छन् । शाररिक शोषण र परिश्रमिक रूपमा पनि महिलामाथि शोषण हुँदै आएको छ । आजको पुँजिवादी र पुरूष प्रधान समाजका कारण उनीहरू मध्य धेरैजसो दयनिय अबस्थामा देखिन्छन् । दिनानुदिन उनीहरू बलत्कृत हुन्छन्, अकालमै ज्यान गुमाउँछन् । आफ्नै सरिर उनीहरूको लागि काल बनेको हुन्छ । भारतको राजधानी नयाँ दिल्लीमा १६ दिसम्बर २०१२ को राति एउटा चलिरहेको बसमा गैंगरेप र अमानविय यातनादिएर चलेकै बसबाट फैंकेका थिए, जस्को पछि सिंगापुरको एउटा अस्पतालमा २९ दिसम्वरको राती मृत्यु भएको थियो । यस्ता जघन्य अपराधहरू महिलाहरूमाथि हुँदै आएका हुन्छन् ।
कतिपय धार्मिक ग्रन्थहरूले महिलालाई कम्जोर बनाइदिएका हुन्छन् । एउटा मासिक धर्म भएपछि अछुत बनाइ दिन्छन्, छाउगोठमा पुराइदिन्छन् । मासिक धर्म नभएकोलाई कसैले स्विकारदैन । कस्तो बिडम्वना हो, हाम्रो समाजको कैयौं बिभेदहरू धार्मिक र सामाजिक रूपमा झेल्दै आएका छन् । कैयौँ घटना महिलाहरूमा आफ्नै गल्तीबाट पनि भएका देखिन्छन् ।
छाडा संस्कार महिलाहरूको चालचलनले पनि यस्ता घट्नाहरू निम्ताएको हुन्छ । सचेत र संगठित भएको समाजमा यस्ता घटनाहरू सिमित मात्रामा हुन्छन् तर पूर्णतः रूपमा रोकिएको छैन । हामी भन्छौँ सती प्रथाको अन्त्य त भयो । तर, अहिलेपनि महिलाहरू अकालमै मारिएका हुन्छन् । आफुलाई प्रजातन्त्रको अब्बल राष्ट्र घोषणा गरेको भारतमा महिलाहरूको बढी शोषण भएको देखिन्छ, व्यस्यालयहरू सञ्चालित छन् । त्यो मात्र होइन कतिपयले त देह व्यापारको बैधानिकता हुनुपर्छ पनि भन्छन् । मुम्बई, दिल्ली, मेरठ, आगरा यूपिका आदि ठुला सहरहरूमा महिलाहरूको पसुतुल्य रूपमा खरिद बिक्रि हुने गर्दछ । जसमा नेपाली महिलाहरूको पनि यस्ता व्यस्यालयहरूमा व्यापक उपस्थिति रहेको देखिन्छ । अँझ अर्काेतर्फ नेपालबाट भारतमा परिश्रम गर्न पुगेका नेपाली महिलाहरूको अबस्था त अन्य राज्यको भन्दा झन् पछि झन् दयानिय बन्दै गएको छ । त्यो उच्च शिक्षा आर्जन गर्न गएका समेतको अवस्था दयानिय छ । महिलाहरूलाई हेर्ने दृष्ट्रिकोण अत्यान्तै ुहेु प्रकारको देखिन्छ ।
भर्खर केहिदिन पहिला भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफँ इन्डिस्ट्रियल टेक्नोसिरिस (केआईआईटी) विश्वविद्यालयलेको होस्टेलमा बिस वर्षिय प्रकृती लम्साल (बिटेक तेस्रो वर्षकी छात्रा)मृत अवस्थामा भेटिएपछि सामन्यतः छानविनको मागगरेका नेपाली विद्यार्थिहरूलाई त्यहाँको स्कुल प्रसाशनले जस्तो व्यवहार गर्याे त्यो अत्यान्तै निन्दनिय थियो । एउटी छात्रालाई आत्महत्या गर्न बाध्य बनाएको अपराधीलाई कार्वाही गर्ने र उसको हत्या भएको हो वा हैइन भनेर छानविन गर्न माग गर्दै शान्तिपूर्वक आन्दोलनगरेका पाँच सय लगभग विद्यार्थीहरूलाई प्रशासनले रेलवाई स्टेशन पुराएको समाचार आएको थियो । त्यो मात्र होइन देशको स्वाभिमानमाथि धावा बोलेर अपशब्द प्रयोग गरियो ।
अचेल नेपाली विद्यार्थिहरू आफ्नो देशमा उच्चस्तरिय शिक्षालय न भएकोले । बिभिन्न देशमा गएर शिक्षा हासिल गर्छन् । देशले पनि कयौँ विद्यार्थिलाई क्लरोसिप दिएर अध्ययन् गर्न सहज बनाइ दिएको हुन्छ । त्यो पनि नेपाल भारतको शान्ति तथा मैत्रि सन्धिको तहत पुगेका हुन्छन् । भारत र नेपाल बिचको मित्रता सदियौँ पुरानो हो रोजी बेटीको साइनो छ भनेर नथाकिने भारतका राज्यहरूले गरेको यस्तो निन्दनिय व्यवहार नेपालीहरूले खेप्दै आएका हुन्छौँ ।
अहिलेकोरिया, चाइना, बांग्लादेश, यूरोप, इजराईल, जापान, क्यानडा, रसिया, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका देशहरूमा पनि अध्ययनका लागि पुगेकाछन् । बाबा आमाले छोरा–छोरीको भबिष्य राम्रो हौस् भनेर आफ्नो छातिमा पत्थर राखेर पठाएका हुन्छन् । ऋण उधार गरेर पठाएका हुन्छन् तर छोरीको यस्तो दर्दनाक अवस्था देख्नुपर्दा ति बा–आमालाई कस्तो हुँदोहोला ? त्यो जसलाई परेको हुन्छ उनैले भन्नसक्छन् । भारतमा नेपाली महिलाहरू हराएका हुन्छन्, बेचबिखानमा परेका हुन्छन्, बलात्कार पछि हत्या भएका कयौँ घटनाहरू छन् ।
सोझासाझा नेपाली महिलाहरू माथि त दिनहुँ यस्ता घटनाहरू घटेका हुन्छन् । त्यो यात दबाइन्छ वा ती घटनाहरू लाई उठाउँने पिडित पक्षमा हिम्मत हुँदैन् । जहाँ नेपालीहरूको संगठन हुन्छ त्यहाँ घटेका घटनाहरू जोडदार रूपमा उठाइन्छन् र कयौँ अपराधिहरूले सजाएपनि पाएका हुन्छन् । तर कतै संगठन छैन वा कम्जोर छ त्यहाँ त्यसता घटनाहरू लुकेका हुन्छन् ।
एक पटक पुनिया बलत्कार घटनाले धेरै ठुलो संघर्ष गर्न प्रेरित गर्याे, सुमित्रा बलात्कार पछि हत्याकाण्डेले सिविआई समेतलाई छानविन गर्न लगायो । आरूषी–हेमराज हत्याकाण्डले भारत व्यापि आन्दोलन गर्न आम सर्वसाधारण समेत बाध्य बनायो । भारतको पञ्जाब राज्यको संगु्ररूर जिल्लाको लोहाखेडामा भएको लालबहादुर विस्वक्रमालाई साढे पाँचफिट खाडल खनेर कुखुराको फारममा गाडेका अपराधीहरूलाई १८दिनपछि लाश निकाली पोष्टमाटम गराईयो र ६ जनालाई जेल भित्राइयो ।
हरियाणको रोहतकमा एउटी मष्तिकको उपचार गराउँन गएकी महिलालाई एउटा नाबालिग सहित छे जनाले बलात्कार गरे र अमानविय तरिकाले हत्या गरेकाको बिरूद्धमा ठुलो आन्दोलन पछि उनीहरू अपराधीहरूलाई सजाय फाँसीको भयो । भारतमा यस्ता घटनाहरू घट्दै आएका छन् । जहाँ श्रमजिविहरूको बलियो संगठन हुन्छ त्यहाँ अपराधीहरूलाई कार्वाही भएको पनि छ । जहाँ संगठन छैन त्यहाँ गुण्डाहरूको मनमानि हुँदै आएको देखिन्छ ।
एकजना इँटाको भट्टामा काम गर्ने मजदुर राती सँगसँगै छुट्टै चारपाईमा सुतेको वेला महिलाको मुख तोपेर उचालेर कुनियतले खेतमा पुराएको उसैको लोग्नेले चालपाएपछि एक्लै गुण्डालाई पिटेर आफ्नो श्रीमतिलाई सकुसल लिएर संगठनमा रातिनै गुहार माग्न आएको थिए र प्रहरी सहित गएर त्यो भट्टाको मालिकलाई छोपेर लिखित माफि मगाएको थिए । यसरी परदेशमा नेपालीहरूको इज्जतसँग खेलबाड गर्न कत्तिपनि डराउँदैनन् । यस्ता हजारौँ घटनाहरू नियमित घट्दै आएका हुन्छन् । लोग्ने स्वास्नि सँगै हिंडेको वेला महिलालाई जिस्काइदिन्छन् । छिमेकी मुलुकमा यस्तो घृणित जीवन यापन घर्दै आएका छन् ।
देशभित्र पनि थुप्रै यस्ता बालात्कार त्यसपछि हत्याका घटनाहरू हुँदै आएका छन् । निर्मला पन्त २०७५ साउन १० गतेको बालात्कार पछि हत्या एक दर्दनाक काँड मध्य एक हो । जस्को छिनोफानो अहिलेसम्म हुनसकेको छैन । त्यो एउटा उधारण मात्र हो यस्ता कयौँ घटनाहरू देशभित्र घटेका छन् । आखिर कीन यसरी महिलाहरूमा अपराध हुनेगर्छन् ? आखिर आधा धर्ती र आधा आकास किन यस्तो पिडित भएकाछन् । हामीले गम्भिर भएर अध्ययन गर्ने कुराहरू यिनै हुन् । पुँजिवादी र पुरूष प्रधान समाजमा यस्ता घटनाहरू घटिनै रहने छन् जबसम्म महिलाहरूलाई हेर्ने दृष्टिकोणमा बद्लाव आउँदैन । त्योवेलासम्म यथास्थिती नै रहने छ ।
पुरूषको आश्रृतमा रहनुको अर्थ उनीहरूको दाश वा नीजि समप्ती बन्नु नै हो । त्यसकारण पुरूषलाई खुसि तुल्लाएर जिउँनुपर्ने बाध्यता महिलाहरूलाई हुन्छ । अधिकार भन्दै दिएको महिला आरक्षण कोटा समेतमा पुरूषको अधिनमा परेका हुन्छन् । कतिपय ठाउँमा महिला स्वतन्त्रतालाई गलत रूपमा बुझेर पनि बिक्रिती सिर्जना भएको देखिन्छ । सम्पत्तीमा समानधिकार नहुँनुपनि महिलाहरू पुरूषको अधिनस्त हुन्छन् तर, समान अधिकार सचेतना बिना झनै विक्रिती पनि हुनसक्छ । त्यसकारण सबैभन्दा महत्वपूर्ण बिषय समाजलाई सचेत बनाउँनु र प्रज्वलित कानुनलाई व्यवहारिकतामा उतार्नु अथवा कार्यन्वयनमा जोड दिनु आजको आवस्याकता हो । महिलाहरूको दयानिय अवस्थालाई पनि हामिले वर्गिय अबस्थानुसार मुल्यांकन गर्नु पर्दछ । किन की केही धनि महिलाहरूले गरिब पुरूषहरू माथि शोषण गरेका पनि हुनसक्छन् । त्यसबारेमा पनि छानविन गर्नुपर्ने हुन्छ तर, परायजसो शारिरीक शोषण महिला भएकै कारण हुन्छ ।
इतिहासको अध्यायन गर्दा समाजवादीहरूले नै महिलाहरूको मुक्तिको बारेमा आवाज उठाएको देखिन्छ । कतिपय मानव अधिकारवादी, धार्मिक र नारिवादीहरूले पनि महिलाको हकहितका लागि आवाज उठाएको इतिहास भेटिन्छ । तर धर्मका ठेकेदारहरूले महिलालाई ढोल, जड सम्पत्ती, नर्तकी र पुरूषको दीलको धड्कन बढाउँने आदि जस्ता तर्क कुतर्क दिएको भेटिन्छ । महिलाहरूलाई पुरूषको अधिन राखेपछि उनीहरूमा भएको अन्याय अत्याचार र दमनको बिरोधमा आवाज उठाउँन नसके र नै उनीहरू अन्धबिस्वासमा परेका हुन्छन् । जब मानिसले आफ्नो हिम्मत हार्छ निकासको कुनै मार्ग देख्दैन त्यसपछि उसले चमत्कार होस् भन्ने आस गर्छ र भंदैनभएको इस्वरको कल्पना गर्न थाल्छ । त्यसैको प्रतिफल हो उनीहरूको बढी पुजापाठ र मठ मन्दिरमा जमघट हुनेगर्द छ । समाजमा परायजसो मन्दिरमा महिलाहरूको बहुल्यता पाइन्छ । जसलाई आधार बनाएर उनीहरूको शोषण भएको हुन्छ उसैको आरधनामा उनीहरू जुटेका हुन्छन् । त्यसकारण उनीहरू सहनसिल बनेका हुन्छन् । त्यसो गर्न उनीहरूलाई बाद्य बनाइएको हुन्छ । धार्मशास्त्रहरू पनि मानिसले नै बनाएका हुन्छन् । कुनै पनि बिषयलाई आँखा चिम्लेर सही वा गलत भन्न सकिदैन ।
भौतिकवादले देखेका भोगेका कुराहरूमा बिश्वास गर्न सिकाएको हुन्छ । महिलाहरूमा आमूल परिवर्तनका लागि बिभिन्न समयमा संघर्षहरू हुँदै आएकाछन् । महिला मुक्तिमा आठ मार्चले पनि ऐतिहासिक महत्व राख्द छ । आठ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले महिला अधिकारका लागि प्रेणा दिन्छ । सन् १९०८ अमेरिका गर्मेन्ट फेक्ट्रीहरूमा कामगर्ने महिलाहरूले समानताको माग गर्दै जुलुस प्रदर्शन गरेका थिए । त्यही आठ मार्चकै दिन शिकागो सहर लगायत कैयौँ सहरमा महिलालाई दिइने काम, तलब, कारखानामा महिलाहरू माथि हुने दुव्र्यवहारको बिरूद्धमा जुलुस प्रदर्शन भयो । २८जनवरी १९०९ मा पहिलो पटक आठ मार्चको सम्झनामा महिला दिवस मनाएका थिए । तर यसलाई सन् १९१० देखि अन्तर्राष्ट्रिय रूपमा मान्यता दिइयो र कतिपय ठाउँमा त्यही वर्ष आठ मार्चलाई महिला पर्वको रूपमा मनाइयो । तर, विधिबत रूपमा सन् १९११ देखि आठ मार्च महिला दिवसलाई अन्तर्राष्ट्रिय रूपमा मनाउँन थिलियो । नेपालमा पनि विस. २००८ सालमा महिला संगठन गठन भयो । तर २०१७ को फौजि कांडपछि त्यो संगठनको गतिबिधी माथि रोक लाग्यो । पछि २०३० को दशकमा यसको पुर्नगठन भयो । तर पनि अब्यवस्थित रह्यो पछि २०४५मा दीतिय सम्मेलन पछि यसले बिभिन्न पार्टीहरूले सञ्चालन गर्दै आएकाछन् । सवाल महिला अधिकारको हो, त्यसकारण महिलाहरूको हकहितको लागि कसले आवाज उठाएको छ त्यसमा निर्भर हुन्छ ।
आजको पुरूष प्रधान समाजमा महिलाहरूको आन्दोलन कम्जोर हुनु हाँगाबाँगा हुनु सामन्य कुरा हो । तर पनि महिला हकहितका लागि संघर्ष लगातार अगाडि बढाउँनुपर्छ । समाजमा रहेका कुसंस्कारहरूसँग डटेर त्यसको बिरूद्धमा स्वायम महिलाहरूले नै नेतृत्वकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ । तर आज प्रगतिसिलताको नाउमा छाडा व्यवहार र पश्चिमी संस्कारले महिलाहरूको आन्दोलनमा ह्राष आएको देखिन्छ । अहिले पढे लेखेका शिक्षक भनिनेहरूको छाडा व्यवहारले पुरूष सरह समान अधिकारको साटो समान बिकृती अपनाउँन थालेका छन् । महिला अधिकारका लागि अनुशासित रूपमा बर्गिय आन्दोलनको उठान र सचेत भएर मित्र र दुश्मन शक्तिको पहिचान आजको आवस्याकता हो । जबसम्म सचेत संगठन बलियो हुँदैन बर्गियरूपमा एकाकार भएर पुरूष र महिलाहरूको ‘महिलामुक्ति आन्दोलन’ साझा आन्दोलन बन्दैन तबसम्म महिला मुक्ती आन्दोलन सार्थक हुनसक्दैन।