पाँच महिला सङ्गठनले जुलुससहित मनाए एक सय पन्ध्रौँ महिला दिवस

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा,

(काठमाडौँ) । अखिल नेपाल महिला सङ्घसहितका पाँच महिला सङगठनहरूले जुलुससहित एक सय पन्ध्रौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन् ।
२०८१ फागुन २४ गते (८ मार्च) शनिबारका दिन उनीहरूले सो कार्यक्रम सम्पन्न गरेका हुन् ।

कार्यक्रमको प्रारम्भ माइतीघर मण्डलादेखि भएको थियो । पाँच महिला सङ्घका प्रदर्शनकारीले माइतीघर मण्डलादेखि नयाँवानेश्वरसम्म जुलुस प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरूले नेपालको र विश्व महिला आन्दोलनसित सम्बन्धित विभिन्न नारा लगाएका थिए ।

नयाँवानेश्वरमा पुगेपछि सो जुलुस सभामा परिणत भएको थियो । सो कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला सङ्घकी अध्यक्ष तथा संविधानसभाकी सभासद मीना पुनले सञ्चालन गर्नुभएको थियो ।

नेपाल समाजवादी महिला सङ्घकी कल्पना सुवेदीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)की अध्यक्ष अमृता थापा, अखिल नेपाल महिला सङ्घ (समाजवादी)की अध्यक्ष जयन्ती राई र अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले सम्बोधन गर्नभएको थियो ।

वक्ताहरूले सम्बोधनको क्रममा क्लारा जेट्किनको नेतृत्वमा अगाडि बढेको महिला आन्दोलनले ८ मार्चको रुपमा उच्च रुपधारण गरेको बताउनुभयो । लैङ्गिक समानताको अभिभारा अझै पनि प्राप्त नभएको उल्लेख गर्दै उहाँहरुले नेपालमा पनि महिला आन्दोलनले केही उपलब्धि प्राप्त भएको स्वीकार गर्नुभयो । निर्मला पन्त, रिङ्कु सदा, प्रकृति लम्साल जस्ता प्रकरणले नेपालमा सशक्त महिला आन्दोलनको आवश्यकता यथावत् रहेका बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार