चेन्नई पश्चिममा ११५औं नारी दिवस मनाइयो

चेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिको आयोजनामा सम्पन्न भएको ११५औं अन्तर्राष्ट्रिय नारी दिवस तथा राष्ट्रिय जनमोर्चाद्वारा आव्हान गरिएको संघीयता विरुद्ध काठमाडौं केन्द्रित २०८१साल चैत्र महिनाको २४गतेदेखि ३० गतेसम्मको आन्दोलनको प्रचारात्मक सभा सम्पन भएको छ ।

मूल प्रवाह चेन्नई पश्चिम महिला बिभागकि अध्यक्ष गोमा कुमारी शाहीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथी मूल प्रवाह केन्द्रीय सदस्य केशमान नेपाली तथा केन्द्रीय सदस्य एवं दक्षिण भारत क्षेत्रीय समितिका सचिवालय सदस्य काशिराम शर्मा हुनुहुन्थ्यो ।

चेन्नई पश्चिम महिला नगर बिभागकि सदस्य कमला शर्माको संचालनमा भएको सो कार्यक्रममा ज्ञात अज्ञात शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । अतिथि गणहरू मूल प्रवाह दक्षिण भारत क्षेत्रीय महिला बिभागकि सदस्य लोक कुमारी थापा, चेन्नई पश्चिम महिला बिभाग सचिव अन्जु रोका, पश्चिम नगर महिला बिभागकि सदस्य कोकिला राना, अनिता गिरी, देवी नेपाली, पदममाया नेपाली, कमला नेपाली, मूल प्रवाह दक्षिण भारत क्षेत्रीय सचिवालय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष बुद्धिराम पौडेल, दक्षिण भारत क्षेत्रिय समितिका सदस्य तथा चेन्नई पश्चिम नगर समितिका सचिव किशोर शर्मा, रक्तिम साँस्कृतिक अभियान दक्षिण भारत क्षेत्रीय सदस्य तथा चेन्नई पश्चिम नगर संयोजक डिलबहादुर जिएम, मूल प्रवाह चेन्नई पश्चिम नगर समितिका उपाध्यक्ष प्रकाश बहादुर नेपाली, चेन्नई पश्चिम पूर्व महिला बिभाग अध्यक्ष पुष्पा पौडेल हुनुहुन्थ्यो ।

चन्द्रीका पौडेलको स्वागतबाट अघि बढेको सो कार्यक्रमलाई काशीराम शर्मा, लोककुमारी थापा, अनिता गिरी, कोकिला राना, केशमान नेपाली, किशोर शर्मा, बुद्धिराम पौडेल, अन्जु रोका, प्रकाश बहादुर नेपालीले शुभकामना दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार