हैदरावादमा ११५औं अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिद्वारा सञ्चालित मध्य दक्षिण महिला विभागको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा मूल प्रवाह मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, केन्द्रीय प्रतिनिधि तथा क्षेत्रीय सचिवालय सदस्य रतन सिंह, केन्द्रीय वैकल्पिक सदस्य कृष्ण बहादुर थापा, मध्य दक्षिण क्षेत्रीय सचिव तिलक राना, खिम बहादुर विक, सांस्कृतिक केन्द्रीय विभाग माँया थापा, समता क्षेत्रीय विभाग गगन सिंह विक, साँस्कृतिक क्षेत्रीय विभाग कृष्ण कुमारी विक, मध्य नगर महिला विभाग संयोजक सोबीता पौडेल, उत्तर नगर महिला विभाग संयोजक लक्ष्मी थापाले अतिथिको आसन ग्रहण गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पैडेलले अन्तर्राष्ट्रिय महिला दिवसको महत्व, महिलहरुले खेल्नु पर्ने भूमिका सम्पूर्ण शोषित पीडित उत्पीडित महिलाहरु संगठित हुनुपर्ने र अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने आवस्यकतामा जोड दिनुभएको थिगयो । त्यस्तै रतन सिंह, कृष्ण बहादुर थापा, तिलक राना, खिम बहादुर विक, माँया थापा, गगन सिंह विक, कृष्ण कुमारी विक, सोबीता पौडेल, लक्ष्मी थापा, विजुला शर्मा, सम्झना दुलाल, इसवारा पौडेल, यसोधा न्यौपाने, मधु खड्का, सांता विक, अमृता नेपाली, जमुना पौडेल, राधा थापा, कमला शर्मा, देवी शर्मा, सरमीला थापा, सिला परियार, पार्वती गुरुङ, लक्ष्मी केसी, उत्तर नगर महिला विभाग अंबिका कार्की, कमला दास, माया भुजेल, टीका परियार, देवी पौडेल, कृष्ण मल्ल, कलावती विक, सीता विक, मध्य नगर महिला विभाग लीला शाही, कंचन थापा, लक्ष्मी भुजेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम पुष्पा पौडेलको अध्यक्षता सीता थापाको संचालन तथा उपस्थित सहभागिता जनमानसलाई गुमा रानाले स्वागत गर्नु भएको थियो भने सहिदहरुको समझनामा ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौन धारणा गरिएको थियो ।

साझ कार्यक्रम समापन पश्चात जनवादी गीतको धुनमा हर्षाैल्लासका साथ कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार