सुरतमा ११५औं श्रमिक दिवस मनाइयो

सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर महिला विभागको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस भव्य रुपमा सम्पन्न पारिएको छ ।

महिला विभाग कि सदस्य सबिना कुँवरको सञ्चालन, नगर महिला विभाग संयोजक सान्ति तिरुवाको अध्यक्षतामा अघि बढेको सभालाई मूल प्रवाह केन्द्रीय सचिव तथा पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष बेद बहादुर कार्कीले प्रमुख अतिथिको आसनबाट सम्बोनध गर्नुभएको थियो ।

त्यस्तै क्षेत्रीय कोषाध्यक्ष हरि कुमार गीरी, क्षेत्रीय सदस्य पुर्ण बिक, सुरत नगर अध्यक्ष किशोर ताम्राकारले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

उर्मिला बिकले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा साँस्कृतिक कलाकार बहिनिहरुले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार