
पान्डिचेरी । भारतको पान्डिचेरीमा सङ्घीयता खारेजीका लागि आयोजित काठमाडौँकेन्द्रित आन्दोलनप्रतिको ऐक्यबद्धता सभा सम्पन्न भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पान्डिचेरीको आयोजनामा मार्च १५, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
सभालाई केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितिका सचिव जनकराज पौडेल, केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा र भगवती कुँवर, समता विभागका गमबहादुर विक, नगर समिति सदस्य विनोद गायक र मुदलियरपेट एरिया समितिका भद्रबहादुर जिसीले सम्बोधन गर्दै काठमाडौँकेन्द्रित आन्दोलनमा सहभागिता र सहयोगको आवश्यकताबारे चर्चा गर्नुभएको थियो ।
नगर अध्यक्ष गोविन्द शर्माको अध्यक्षता तथा रवि पौडेलको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा सहिदप्रति एक मिनेट मौनधारणपछि उपस्थित जनमानसलाई बलबहादुर क्षेत्रीले स्वागत गर्नुभएको थियो ।