हैदराबादमा संघीयता बिरोधि कार्यक्रम को प्रचारात्मक तथा ऐक्यबद्धता सभा

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा राजधानी (काठमाडौं) केन्द्रीत संघीयता बिरोधी आन्दोलनप्रती ऐक्यबद्धता जनाउँदै हैदराबादमा सभा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा महासचिव प्रेम पौडेल हुनुन्थ्यो । उहाँले उक्त सभालाई सम्बोधन गर्दै संघीयता नेपाली जनताको हितको पक्षमा नभएको बताउनु भयो । ‘सुरुदेखि नै खारेजी हुनुपर्ने माग रास्ट्रिय जनमोर्चाले मात्रै गरेको थियो, तर दलिय भागबन्डा र संघीयताको प्रकृतिले नेपालमा संघीयता केबल टाठाबाठाहरू र ठुला दलहरूको नेता तथा कार्यकर्ताहरूको जागिरको ब्यबस्था बाहेक सर्बसाधारण जनताको लागि अरु केही हुन नसकेको अबस्थामा अन्य दलहरूका नेता र जनमानसमा पनि संघीयताप्रति बल्ल अहिले आएर बुझ्न थालेको अबस्थामा छ ।’ पौडेलले भन्नु भयो– ‘सम्पुर्ण न्यायप्रेमी जनसमुदाय, बुद्धिजीवी, व्यावसायी, कर्मचारीहरू सबै मिलेर संघीयता खारेज गर्नुपर्ने विषयमा आवाज उठाउन पर्ने आवश्यकता छ ।’ संघीयताले शोसित पीडित विभिन्न समुदायहरूको हित हुन नसक्ने जिकिर गर्नु भयो ।

संघीयताले बिग्रह ल्याउने साथै आर्थिक रुपमा थेग्नै नसक्ने हुनाले, संघ चलाउन लगानी गरेको बजेट बिकासका पुर्बाधारहरूमा लगाउनुपर्नेमा पौडेलले जोड दिनुभयो । पौडेलले प्रबासमा रहेका नेपालीहरूलाई संघीयता बिरोधि आन्दोलनमा सरिक हुन काठमाडौं जानको लागि आह्वान गर्नुभयो ।

उक्त कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, मूल प्रवाहका नेता तथा समता समाज केन्द्रीय बिभागका रतन सिंह कर्मा, केन्द्रीय सदस्य कृष्ण बहादुर थापा, मध्य दक्षिण क्षेत्रीय सहसचिब शंकर नेपाली, क्षेत्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय महिला संयोजक पुस्पा पौडेल, क्षेत्रीय सदस्य तथा साँस्कृतिक केन्द्रीय बिभागकी सदस्य माया थापा, क्षेत्रीय सदस्य सुर्य बहादुर थापा, लाल बहादुर बिक, समता क्षेत्रीय बिभागका सदस्य भरत बहादुर बिक, प्रसाद कोलि, हिरा बहादुर बिकले पनि मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम गगन सिंह बिकको अध्यक्षता, भरत परियारको सन्चालन, भरत बहादुर कोलिको स्वागत मन्तव्यद्वारा कार्यक्रम अगाडि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार