
रुपन्देही बुटवल, बैशाख ९ । नेपाल कम्युनिष्ट पार्टिको ७७औं स्थापना तथा १५६औं लेनिन स्मृति दिवसको अवसरमा राजमो बुटवलले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले साम्राज्यवादले लेनिनवादी संगठान्तमक सिद्धान्त धोस्त पर्न लागिपरेको र उ सफल समेत भएको बताउनुभयो ।
कम्युनिष्ट हुनको लागि लेनिनवादी सिद्धान्त अपनाउन आवश्यक रहेको बताउँदै लेनिनबादी सिद्धान्त अंगिकार गर्न गारो रहेको समेत बताउनुभयो । फरक प्रसंगमा बोल्दै केसीले नेपालमा नाम मात्रका कम्युनिष्ट रहेका असली कम्युनिष्ट पुँजाबादी चिन्तन र साम्राज्यवादको चपेटामा परेर रक्षात्मक अवस्था रहेको बताउनुभयो । देशमा नागरिकहरुको शिक्षा, स्वास्थ र सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भयो । केसीले देशका ठुला सत्ताधारी दलहरुले शिक्षा प्रणालि धोस्त पारेको बताउँदै नयाँ पिढीलाई राजनीतिक ज्ञान नदिए देश खरानी बन्ने तर्क गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य तुलस बिस्वकर्मा, कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य तराई मधेस जनबादी मोर्चाका अध्यक्ष बद्रे आलाम, राजमो सल्लाहकार बासुदेब पोख्रेल, किसानका, रुक बहादुर पराजुली, राजमो केन्द्रीय सदस्य इन्दिरा ज्ञवाली, राजामो प्रदेश कोषाध्यक्ष गणेश गौतम, जनजाति कि उषा पुन, रक्तिमकी क्षितिजा राहादी, बुद्धिजिबिका सचिबालय सदस्य दुर्गानाथ खरेल लगायले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अध्यक्षता राजमो जिल्ला अध्यक्ष टान बहादुर केसीले संचालन राजमो रुपन्देही जिल्ला सदस्य गंगालाल सापकोटा र स्वागत भाषण राजमो जिल्ला सचिब कृष्ण प्रसाद पोख्रेलले गर्नुभएको थियो।














