किट युनिभर्सिटीमा फेरि नेपाली छात्राको आत्महत्या, मूल प्रवाह पुग्यो घटनास्थलमा

भूवनेश्वर। भारतको भूवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी–किट) युनिभर्सिटीमा फेरि अर्को घटना घटेको छ । यहाँ एक जना नेपाली छात्रा प्रिन्सा साहले आत्महत्या गरेको बताइएको हो ।

घटनास्थल पुगेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोलीले सो जानकारी दिएको हो ।

२०८२ वैशाख १८ गते (मे १, २०२५) को साँझ ७ बजे उडिसाको राजधानी भूवनेश्वरस्थित किट युनिभर्सिटीमा पहिलो वर्ष दोस्रो सेमेस्टरमा अध्ययनरत प्रिन्सा साहले आत्महत्या गरेको प्रारम्भिक सूचनामा पाइएको छ ।

प्रिन्सा पर्साको वीरगगञ्जबाट सेप्टेम्बर २०२४ मा अध्ययन गर्न आएकी थिइन् ।

होस्टेल वार्डेन सुनन्दाका अनुसार के कारणले आत्महत्या गरेको के हो ? त्यसबारे मेडिकल रिपोर्ट आएपछि थाहा हुनेछ ।

साँझको ७ः३० बजेसम्म भित्रबाट ढोका बन्द गरिएपछि प्रहरीलाई बोलाइएको थियो । पुलिससमक्ष प्राथमिक रिपोर्ट दर्ता गराएपछि एसडिएमसहितका पुलिसकै उपस्थितिमा ढोका खोल्दा डोरीमा झुन्डिएको अवस्थामा प्रिन्साको शव रहेको थियो । शव आवश्यक आवश्यक प्रक्रियाका लागि एम्स अस्पताल पठाइएको छ ।

युनिभर्सिटी प्रशासनले मृतकका अभिभावकलाई सूचना गरेको जानकारी दिएको छ ।

मूल प्रवाहको टोली पुग्यो घटनास्थलमा

घटनाको जानकारी प्राप्त भएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोली राती को १२ बजे युनिभर्सिटीको होस्टलमा पुगेको थियो तर कर्मचारीले मूल प्रवाहको टोलीलाई भित्र जान दिएनन् । मूल प्रवाहले होस्टेल वार्डेनलाई गेटमा बोलाएर घटनाको जानकारी लिएको थियो ।

यसअघि मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले युनिभर्सिटीका भाइस चान्सलर रन्जित सिंहलाई फोन गरी घटनाबारे जानकारी लिनुभएको थियो ।

टोलीमा केन्द्रीय सल्लाहकारहरू सम्मर माझी, गिरीराज परियार, पूर्वीभारत क्षेत्रीय समितिका सदस्य शिवकुमार सुतार, भूवनेश्वर नगर समितिका सदस्य कौशल्या परियार र रमेश परियारको उपस्थिति रहेको थियो ।

यसअघि, गत २०८१ फागुन ४ गते सोही युनिभर्सिटीमा रुपन्देहीकी २० वर्षीया प्रकृति लम्सालको पनि निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार