
बुटवल । मार्क्सवादी बिचार मञ्च नेपालले नेकपा (मसाल)का महामन्त्री मोहनबिक्रम सिंहलाइ सम्मान गरेको छ । साथै अर्का कम्युनिष्ट नेता गोपिरमण उपाध्यालाई पनि मञ्चले सम्मान गरेको थियो ।
सम्मान कार्यक्रममा बोल्दै मसाल महामन्त्री मोहनबिक्रम सिंहले विश्व कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको र नेपालको कम्युनिष्ट आन्दोलन समेत कमजोर भएको बताउनुभयो । कम्युनिष्टहरूमा सिद्धान्तमा नभै तत्कालीन कार्यनीति के बनाउने विषयमा भन्ने बिवाद हुँदा फुट हुने गरेको बताउनुभयो ।
मार्क्सवाद बैज्ञानिक र दृष्ठिकोण आएको बिचार हुँदा सबैले त्यसको अध्ययन गर्नुपर्ने तर्क राख्नुभयो । कार्यक्रमको अध्यक्षता मार्क्सवादी बिचार मञ्चका अध्यक्ष युबराज पन्थीले गर्नुभएको थियो । सम्मान कार्यक्रममा बरिस्ठ पत्रकार डाक्टर बालकृष्ण चापागाईं दिल सहानी, साहित्यकार बुद्ध राना, नेकपा क्रान्तिकारीका प्रेम सुवेदी, मालेका गोपालमणि गौतम, एमाले केस गोमा देबि आचार्य, नेकपा पोलिब्युरो सदस्य वसन्त श्रेष्ठ, माओबादि केन्द्रका कमल चुदाली लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन पदम कार्की, स्वागत भाषण बिन बहादुर कुंवरले गरेका थिए ।