प्रदर्शनस्थल जन्तरमन्तर सीमित गरिएकोमा भारतका वामपन्थी पार्टीद्वारा विरोध

नयाँदिल्ली । नयाँदिल्लीमा सार्वजनिक कार्यक्रमका लागि तोकिएको स्थल जन्तरमन्तरलाई सीमित गरिएपछि भारतका वामपन्थी पार्टीहरूले धर्नासहित विरोधसभा सम्पन्न गरेका छन् ।

जुलाई १, २०२५ मङ्गलबारका दिन उनीहरूले जन्तरमन्तरमा धर्नासहितको सभा सम्पन्न गर्दै दिल्लीका मुख्यमन्त्रीलाई ज्ञापनसमेत बुझाएका हुन् ।

सभाको आयोजना सी.पी.आई. (एमएल) न्यू डेमोक्रेसीको नयाँदिल्ली राज्य समितिले गरेको थियो ।

सभामा न्यू डेमोक्रेसीका प्रवक्ता मृगाङ, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, आई.एफ.टी.यू. दिल्लीका अध्यक्ष अनिमेश दास, मार्क्सवादी कम्युनिस्ट पार्टी दिल्लीका सचिव अनुराग, डी.टी.एफ. की नन्दिता नारायण, पी.यू.सी.एल. का एन.डी. पन्चोली र आर.डब्लू.पी.आई. का योगेशले मन्तव्य राखेका थिए ।

 

त्यस्तै, कार्यक्रममा भाकपा (माले) मासलाइनका प्रवक्ता उमाकान्त, ए.आई.एफ.आर.टी.ई. का मधु प्रसाद, भाकपा (माले) रेडस्टारका निरन्जन, ए.आई.डी.डब्लू.ए. दिल्लीकी उपाध्यक्ष आशा, के.वाई.एस. का पृथ्वी, आई.एम.के. का मुन्न प्रसाद, फरिदावाद के.एम.एम. का सत्यवीर, पी.डी.एस.यू. दिल्लीका संयोजक रोहित, पी.डी.एस.यू. जेएनयूका मनमोहन, जनहस्तक्षेपका संयोजक विकास बाजपेई, प्रा.डा. ईश मिश्र र प्रगतिशिल महिला संगठन महासचिव पुनम कौशिकसमेतले मन्तव्य राख्नुभएको थियो ।

वक्ताहरूले जन्तरमन्तरमा कार्यक्रम गर्न दश दिनपहिले सूचना दिनुपर्ने, दिल्लीका अन्य स्थानमा पनि प्रदर्शन गर्न नपाइने, प्र्त्यक्ष रूपमा ज्ञापन बुझाउन नपाइने लगायत प्रावधानको विरोध गरेका थिए ।

त्यस्तै, उनीहरूले नयाँदिल्लीबाट धारा १४४ हटाउनुपर्ने अन्यथा विरोध कार्यक्रमलाई थप तीव्रता दिइने उद्घोष गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार