
विन बहादुर रेग्मी ##
सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत चार एरिया समितिरूको सम्मेलन संयुक्त रुपमा सम्पन्न भएको छ । सम्मेलन केन्द्रीय अध्यक्ष प्रेम पौडेलको प्रमुख आतित्थ्यता एवं समुद्घाटनमा सम्पन्न भएको हो ।
उद्घाटन मन्तव्यमा पौडेलले रोजगारीको अभावमा परवासीन वाध्य नेपालीहरू आज पनि देशको एक चौथाईको संख्यामा रहेको बताउनु भयो । यति ठूलो संख्यामा रहेका जनतालाई राज्यले अहिले पनि मताधिकार विहिन बनाएको पौडेलको भनाई थियो ।
देशको राजनीतिक परिदृष्यको सन्दर्भमा बोल्दै, ‘अहिले केही व्यक्तिहरूले आफूलाई नेपाली जनताका मशिहा बताउँदै लोकप्रियताको नारा दिंदै हिड्ने गरेता पनि सारमा उनीहरू पनि यहि व्यवस्थालाई मलजल गर्नेहरू हुन् ।’ अध्यक्ष पौडेलले भन्नु भयो, ‘विभिन्न शहकारीका रकम हिनामिना गरेका नामी भ्रष्टाचारीहरूले आफूलाई स्वच्छ छवि भएको बताउनु हाँस्यास्पद हो ।’ जसको जग नै भ्रष्टाचारमा टिकेको छ, त्यस्ता व्यक्तिहरूले स्वच्छ राजनीतिको भ्रम नेपाली जनतामा छरिरहेको पौडेलको थप भनाई थियो ।
कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य गोविन्द थापा, केन्द्रीय सचिव वेद बहादुर कार्की, केन्द्रीय सदस्य, रमकला काउछा, टंक कुँवर, क्षेत्रीय समितिका कोषाध्यक्ष हरी कुमार गिरी, क्षेत्रीय सचिवालय सदस्य प्रविन सिंह काउछा, क्षेत्रीय समितिका विन बहादुर रेग्मी, नविन शर्मा, सविना कुँवर, प्रकाश जनाला, शान्ति तिरुवा, सिता थापा, मिना विक, नन्दा बिष्ट, नन्दनी सुनार, राष्ट्रिय जनमोर्चा दैलेख अध्यक्ष भिम सिंह बिष्ट, सुरत नगर अध्यक्ष किशोर ताम्राकार, दमन नगर समितिका अध्यक्ष, शेर बहादुर विक, वापी पुर्व नगर अध्यक्ष गन बहादुर राना, गुजरात समाज सेवी राजु जोशी, प्रेम पाण्डे, गिता तिमिल्सेना, व्यवसायी अर्जुन सुनार लगायतले अतिथि आसनग्रहण गर्नु भएको थियो ।

पुर्ण विकको अध्यक्षता र भिम साउदको सञ्चालन तथा हिरा कुँवरको स्वागत मन्तव्यबाट अगाडि बढेको सो साम्मेलनमा सहभागीहरूलाई कलाकारहरूले स्वागत गरेका थिए । सो संयुक्त एरिया सम्मेलनले चारवटा एरिया समिति निर्वाचित गरेकोछ :
इश्वर कृपा मिनीबजार एरिया समितिः
अध्यक्ष– जनक उखेडा, उपाध्यक्ष– प्रताप जनाला, सचिव– हिरा सिंह कुँवर, सहसचिव– डम्बर विक, कोषाध्यक्ष–नमराज ताम्राकार रहनुभएको छ । त्यस्तै सदस्यमाः राजु ओड, गोबिन्द सुनार, अर्जुन सुनार, लोकेश ओड, गणेश बाब्ली, सुनिल ओड, बिनोद सुनार, कृष्ण विश्वकर्मा, बैकल्पिक सदस्यमाः खडक ओड, जनक जनाला, सुरज विश्वकर्मा, चेतन ताम्राकार, भरत नेपाली र दिपक सुनार । त्यस्तै सल्लाहकारमा जगत सुनार, मिठ्ठु दास, चन्द्र साउँद, मिलन टमट्टा, बसन्त कुँवर र बिजय ताम्राकार रहनुभएको छ ।
मोटा बराछा एरिया समितिः
अध्यक्ष– इन्द्र विक, उपाध्यक्ष– मिलन विक, सचिव– मदन विक, सहसचिव– चन्द्र विक र कोषाध्यक्ष– पुष्कल तिमिल्सेना रहनुभएको छ । त्यस्तै सदस्यमाः गीता तिमिल्सेना, जनक विक, काले ढुंगेना, पुजा तिमिल्सेना, खगिसरा विक, नानु विक, बिर बहादुर, रावल विक, अनिल टमट्टा, दिनेश विक, रमिला विक, रत्ना विक, लालिसरा विक, गणेश तिमिल्सेना, बसन विक, महेश तिरुवा र एक स्थान रिक्त रहेको छ ।

भटार रामचोक एरिया समितिः
अध्यक्ष– सन्तोष तिरुवा, उपाध्यक्ष– गणेश जैगडी, सचिव– रमेश भुल, सहसचिव– कमल मयल, कोषाध्यक्ष– धुर्व कोली रहनुभएको छ । सदस्यहरूमाः सरत कोली, अर्जुन विक, राजन रेगाइ, अर्जुन पार्की, धनराज तिवारी, गणेश विक, टेक बहादुर कामी, भिम कोली, लक्ष्मण पार्की, भरत तिरुवा, राजेश पार्की, प्रकाश विक, नैने लुहार, कृति कोली, नविन विक, दल विक, गणेश विक, लक्ष्मण विक, महाबीर बिश्वकर्मा, रमेश विक, प्रेम सुनार र मोहन तिरुवा रहनुभएको छ ।
सायन एरिया समिति :
अध्यक्ष– सुनिल चौधरी, उपाध्यक्ष– बालकृष्ण, सचिव– रन्जित चौधरी, सहसचिव– रामकुमार चौधरी, कोषाध्यक्ष– राम गुलाम रहनुभएको छ । त्यस्तै सदस्यहरूमाः निरज चौधरी, टाईगर चौधरी, मुना चौधरी, धरमेन्द्र चौधरी, पुन देव, प्रभु चौधरी, सरबन चौधरी, चन्द्र बर्मा, रमेश थापा, राजु परियार, विजय खतिवडा र एक स्थान रिक्त रहेको छ ।
संयुक्त एरिया सम्मेलनको अवसरमा गतिसिल सेवा समिति सामाजिक संगठनको सिंगो टिम मूल प्रवाह नेपाली एकता समाजमा प्रवेश गरेको थियो ।
















