
रिकांगपिओ हिमाचल ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिका सदस्य एवं नगर समिति रिकांगपिओका कोषाध्यक्ष रतन तिरूवाको एक वाहन दुर्घटनामा परि निधन भएको छ । कामको सिलसिलामा उहाँ दुर्गम क्षेत्रमा गएको वेलामा वाहन भएको दुर्घटनामा परि तिरुवाको निधन भएको नगर समिति रिकांगपिओले जनाएको छ ।
5 अगस्त 2025 कादिन आफैले चलाएको पिकभ्यान एन एच 5 मेसन पुल नजिकै सन्तुलन बिग्रेर दुई सय मिटर भन्दा बढी तल गई सतलुज नदीमा खसेको थियो । बचाब एवं उद्धार कार्यमा स्थानिय प्रशासन सहित मूल प्रवाह अखिल भारत नेपाली एकता हिमाचल राज्य समिति सहसचिव मिथुन सिंह, रिकांगपियो नगर समिति धन बहादुर तिरूवा, रामकृष्ण तिरूवा, बिर बहादुर तिरूवा, गोपाल तारा चप्द ओम प्रकास लगायत कार्यकर्ताहरूको प्रयासमा रतन तिरूवाको शवलाई उद्धार गएिको थियो । केन्द्रिय सदस्य तथा हिमाचल राज्य समितिका अध्यक्ष विरू श्रेष्ठ घटनाको जानकारी प्राप्त हुदा बित्तिकै रिकांगपिओ पुग्नु भएको थियो । 7 अगस्त 2025 कादिन विरू श्रेष्ठ, मिथुन सिंह सहित नगर समितिका कार्यकर्ता रतन तिरूवाका आफ्नतको बिच दाहसंस्कार गरियो ।
रत्तन तिरूवा बिरखे तिरुवाका छोरा भई पीला गापा ३ कुठारी जुमला निवासी हुनुहुन्थ्यो । उहाँको निधनले संगठनले एक कर्मठ कार्यकर्ता गुमाएको भन्दै केन्द्रीय अध्यक्ष प्रेम पौडेलले मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ । त्यस्तै राज्य समितिका अध्यक्ष विरु श्रेष्ठले पनि शोकसन्तप्त परिवारप्रति गहिरो सवेदना व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।
















