कार्यकर्ताहरूमा हुनपर्ने आवश्यक गुणहरू

एउटा सङ्गठनकर्ता स्वंयमा एउटा रुख हो । उ जहा बिरुवा बनेर पस्छ, त्यहाँ बस्छ, जराहरू (सैद्धान्तिक ज्ञान) फैलाउँदै हाँगाबिंगा रुपी कार्यकर्ताहरू समेत जन्माउँदै जान्छ । त्यती मात्र होइन, आफ्‌नो आसपासमा धेरै कार्यकर्तारुपी रुखहरू पनि बलिया पिलरको रुपमा स्थापित गर्ने प्रयास गरिरहन्छ । मैले आफुले बुझेको सिकेको आधारमा संक्षिप्त रुपमा बुँदागत रुपमा कार्यकर्ताहरूमा हुनुपर्ने गुणहरू बारे थोरै लेख्ने प्रयास मात्र गरेको छु । तपाइहरूको सुझाव सल्लाहले यो लेखलाई पुर्ण रुप दिन र मलाई थप ज्ञान लिन मद्धत मिल्ने आशा गरेको छु ।

१. नीति, सिद्धान्तप्रति स्पष्ट :

एउटा सङ्गठनकर्ता स्वंय सङ्गठन/पार्टीको, नीति सिद्धान्त, विधान र दीर्घकालिन कार्यक्रम बारे कार्यकर्ताहरू स्पष्ट हुन आवश्यक छ । यदी कार्यकर्ता स्पष्ट छैन भने सङ्गठनमा तात्कालीन र दिर्घकालिन रुपमा नै नकारात्मक असर पर्न सक्छ ।

२. अध्ययनशिल :

कुनै पनि कार्यकर्ताहरूमा अध्ययनशिल हुनैपर्ने गुण हो । निरन्तर अध्ययन गर्ने कार्यकर्ताहरूले नयाँ नयाँ कुराहरू सिक्ने र आफुभन्दा तल्लो तहको कार्यकर्ताहरूलाई सिकाउने गर्न सक्छ जस्ले गर्दा एउटा सक्षम, जुझारू र दक्ष सङ्गठनकर्ता उत्पादन गर्न मद्बत मिल्छ ।

३. सङ्गठनात्मक पद्धतिलाई पालना गर्ने :

सङ्गठनात्मक पद्धबतीलाई दह्रयोसँग पालना गर्ने कार्यकर्ताहरूले नै पार्टी/सङ्गठनलाई मजवूत तथा सुदृढ पार्न सक्छन् । अतः हरेक सङ्गठनकर्ताहरूले अनिवार्य रुपमा सङ्गठनात्मक पद्धतीलाई दह्रोसँग पालना गर्ने गराउने विषयमा गम्भीरता पुर्वक ध्यान दिनुपर्दछ ।

४. आत्मविश्वास :

आत्मविश्वासले कार्यकर्ताहरूमा जोस पैदा गर्छ र समग्र सङ्गठन/पार्टीमा गुणात्मक विकास गराउछ । आत्मविश्वास त्यस्तो चमत्कारिक वस्तु जस्ले मानव जीवनको कठिन र संघर्षरत जीवनलाई स्वणिम बनाइदिन्छ र कार्यकर्ताहरूका आशा, विश्वास र कामकर्तव्यका आकुराहरूमा मानाँै अमृत वर्षा नै गराइ दिन्छ ।

५. सहयोगी :
जनता र कार्यकर्ताहरू कुनैपनि पार्टी/सङ्गठनको अमुल्य सम्पतीहुन उनको संरक्षण र सहयोग बिना पार्टी/सङ्गठन मजवूत, क्रियाशील सुदृढ रुपमा स्थापित गर्न सकिदैन त्यसकारण प्रत्येक कार्यकर्ताहरूमा सहयोगी भावनाले ओतप्रोत हुन अति आवश्यक छ ।

६. मिलनसार तथा जनपक्षिय स्वभाव :

जनता विच घनिष्ठ सम्वन्ध कायम गरि आफनो पार्टी/सङ्गठनको नीति सिद्धान्त जनस्तरमा घनिभुत रुपमा स्थापित गर्न आफु जनपक्षीय र मिलनसार हुनै पर्दछ । ताकी हाम्रो विचार ठिक छ भन्ने लागेपछी जनतालाई समर्थक, सदस्य हुदै कार्यकर्ताहरूकै रुपमा परिवर्तन गर्न सकिन्छ ।

७. जुझारू तथा दक्ष :

दक्ष्य र जुझारुपन सङ्गठनका सबै कार्यकर्ताहरूको लागि न भै नहुने गुण हो । दक्ष कायकर्ताहरूले परिस्थितिको ठोस मुल्याङ्कन गरी कुनै पनि समस्याको तत्काल निवारण समाधानको उपाय खोज्न सक्छन् । उसँग भएको जोस तथा हौसलाको साथ जुझारुपन सहितको दक्षताले सयौँ मानिसहरूलाई सहि र गलत के हो भन्नेकुरा बुझ्न र बुझाउन मद्धत मिल्छ । जस्ले गर्दा त्यस्ता कार्यकर्ताहरूको नजीक धेरै जनसमुदाय रहने गर्दछ ।

८. निजी स्वार्थलाई भन्दा सामुहिक स्वार्थलाई महत्व दिने :

वर्तमान सामाजिक संरचनामा धेरै मानिसहरू तथा राजनैतिक कार्यकर्ताहरूको सोच व्यक्तिगत फाइदा अर्थात निजी स्वार्थमा नै देखिन्छ । त्यही कारण हो कि जनताले राजनीति र सङ्गठनका कुरा गर्दा समेत जुन जोगी आय पनि कानै चिरेको भन्ने नैराश्यपूर्ण अभिव्यक्ती दिने गरेको पाइन्छ । यो विचार देश विकासको लागि सहि होइन । यस्ताप्रकारका विचारले कैयन दुष्प्रभाव ल्याउँछन् । जबकी सामुहिक हितको बारेमा सोच्ने व्यक्ति व्यक्तिगत रुपमा पनि स्थापित हुन्छ ।

९. कमजोरीहरूलाई सहर्ष स्वीकार गर्ने :

कतिपय कार्यकर्ताहरूमा सङ्गठनात्मक कार्यको नाममा सिनको नभाच्ने, आफना कमि कमजोरीहरू माथी सधै पर्दा हाल्ने, बरु अनावश्यक विवादहरू ल्याउने र क्रियाशील सक्रिय साथीहरूलाई कमजोर पार्न खोज्ने, चाप्लुसी चम्चा बन्न खोज्ने प्रकारका व्यवहार पनि देखिन सक्छन् । यस्तो रोग सबैभन्दा घातक रोग हो । यसलाई समय मै निवारण गर्नपर्छ र कार्यकर्ताहरूले आफै आफनो कमजोरी हटाउन लगातार लागिरहन पर्दछ ।

१०. जिम्मा लिने र पुरा गर्ने :

प्रत्येक कार्यकर्ताहरूले आफुले सङ्गठनको कुनै न कुनै जिम्मा लिने र त्यो जीम्मालाई पुरा गर्ने बानि बसाल्नु पर्दछ । यसोगर्दा आफु क्रियाशील हुने र धेरै कुराको अनुभव लिने, सिक्ने, बुझ्ने मौका मिल्दछ र सौद्धान्तिक स्पष्टतामा अझ निखार आउँछ ।

११. भौतिकवादी दृष्टिकोण :

दृष्टिकोणले नै देशको समग्र संरचनाको निर्माण गर्दछ । रुढिवादी, अन्धविश्वास, अलौकिकता माथी विश्वास गर्ने सामाजिक संरचनाले समाजलाई सधै पछाडि नै धकेलीरहेको हुन्छ जवकि भौतिकवादी दृष्टिकोणले विज्ञान र प्रविधिको प्रतिनिधित्व गर्दछ र समाज परिवर्तन तथा विकासको लागि प्रेरित गर्दछ । यसरी कार्यकर्ताहरूको भौतिक ज्ञानले समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका निभाउँछ ।

१२. सामुहिक निर्णय र व्यक्तिगत सक्रियता :

कुनै विषयमा सामुहिक छलफलपछि गरिएको निर्णयलाई कार्यान्वयन गर्न व्यक्तिगत सक्रियता जिम्मेदारी वोधको साथ निकै आवश्यकता पर्दछ । सामुहिक रुपमा गरिएको निर्णयहरू कार्यान्वयन गर्न कार्यकर्ताहरूको सक्रियता माथी नै निर्भर हुन्छ ।

१३. नेतृत्व को अधिनस्थ रहने :

वुर्जुआ पार्टी सङ्गठनहरूमा जस्ले जे गरे पनि हुन्छ तर हाम्रा जस्ता सङ्गठनहरू/पार्टिमा सबै कार्यकर्ताहरू नेतृत्वको अधिनस्त भएर काम गर्नुपर्दछ जसले गर्दा अनुचित र अराजकताको परिस्थिति बन्न पाउँदैन । कार्यकर्ताहरू एकढिक्का भएर कार्यक्षेत्रमा लाग्न सक्छन र सङ्गठनात्मक पद्धतीमा सबै कार्यकर्ताहरूलाई दृढ बनाउन सकिन्छ ।

१४. आलोचनालाई सहज रुपमा आत्मसात गर्ने :

भनिन्छ मान्छे गल्तीहरूको पुतला नै हो तर गल्ती गरेको थाहा लागेपछि पश्चाताप गर्नु वा अरुले गरेको आलोचना सहजता पुर्वक स्वीकार गर्नु नै सङ्गठनात्मक नैतिकता हो । यसरी कमजोरीहरू स्वीकार गर्ने व्यक्तिको स्वाभाव, चरित्र र नैतिकता पनि गुणात्मक रुपले सुधार हुन्छ ।

१५. कार्यक्रम तथा बैठकहरूमा अनिवार्य उपस्थितहुने :

कार्यकर्ताहरूको सक्रियता तथा उसको भुमिकाको संगठनिक कसी हो । उसको विभिन्न कार्यक्रमहरूमा तथा बैठकहरूमा उपस्थिति तथा छलफलमा भाग लिने बानीले स्पष्ट हुन र गतिविधिहरूलाई सक्रियतापुर्वक परिचालित गर्न मद्धत मिल्दछ ।

१६. तल्लो समितिका कार्यकर्ताहरूको मुल्याङ्कन पारदर्शीरुपमा गर्ने :

आफुभन्दा तल्लो समितिका कार्यकर्ताहरूको क्षमता तथा कार्यकौशलताबारे पारदर्शी रुपमा मुल्याङ्कन । गरेर मात्र कार्यकर्ताहरू मार्क्सवादी लेनीनवादी तरीकाबाट काम गर्न सिक्न र सिकाउन सक्ने छौँ ।

१७. निर्णय ठोस र अविलम्ब लिन सक्ने :

यसप्रकारको गुण भएको कार्यकर्ताहरू समाजमा सजिलै पहिचान बनाउन र सामाजिक कार्यमा नेतृत्व गर्न सक्छन । उनीहरूले सामाजिक, राजनैतिक र व्यवहारिक अप्ठाराहरूसँग सजीलै सङ्घर्ष गर्दै निकास दिलाउन सक्छन् ।

१८. आफनो मुल्याङ्कन आफै नगर्ने :

कतिपय मान्छेमा मपाइको भावना पनि हुन्छ । उनीहरूले थोरै सक्रियता देखाउदा, केही थोरै बढि काम गर्दा, केही अप्ठाराहरूमा सफलता पाउदा आफनो मुल्याङ्कन आफै गरि मख्ख पर्ने प्रवृति हुन्छ। म यती वर्षदेखि काम गरेको, यस्ता नेताहरूसँग रहेको आदि कुरा गरि मपाइको भावना प्रस्तुत गर्ने बानी कतै ठिक होइन ।

१९. आन्दोलनहरू तथा प्रशिक्षणहरूमा निरन्तर भाग लिइरहने :

आन्दोलनहरू तथा कार्यक्रमहरूबाटै व्यवहारिक ज्ञान पाइन्छ त्यसमा निरन्तरताले कार्यकर्ताहरूलाई दक्षता, क्षमता, सभ्यता र अनुशासित बन्न बनाउन ठूलो भूमिका निर्वाह गर्दछ ।

२०. अनुशासित र वजनदार व्यक्तित्व :

कुनै कार्यकर्ताले पार्टी, सङ्गठनको नीति नियम जन समक्ष लागु गर्न गराउन आफु अनुशासित, दक्ष र वजनदार व्यक्तित्वको रुपमा स्थापित हुन आवश्यक रहन्छ ।

२१. गोपनीयता राख्ने :

खासगरि मार्क्सवादी, लेनिनवादी पार्टी सङ्गठनहरूले गोपनीयतालाई सबैभन्दा वढी घनिभुत भएर पालना गर्दछन् । आन्तरिक विषयहरूलाई बाहिर ल्याउनु वा सार्वजनिक गरिनुलाई कहिलै पनि स्वीकार गर्न सकिदैन । तसर्थ गोपनीयताको दह्रो पालन नै सङ्गठन मजवूत आधार हो ।

२२. आफुभन्दा तल्लो कमिटीलाई अभिभावकत्व महसुस गराउन सक्ने :

एउटा सफल कार्यकर्ताको जिम्मेदारी आफु अधिनस्त काम गर्ने कार्यकर्ताहरू तथा तल्लो समितिलाई पुरा रेखदेख सहितको अभिभावकत्वको महशूस दिलाउन पर्दछ । त्यसो गर्दा उनीहरूलाई जनवाद र केन्द्रीयताबारे बारम्बार स्पष्ट पार्दै जानु पर्दछ । जसले गर्दा माओले भने झै ‘हजारौँ फुल फुल्न देउ, सयौँ प्रतिभा जन्मन देउ’को व्यवहारिकता कार्यान्वयन हुन सक्छ ।

२३. रक्सी, जुवा तास समेत सबै सामाजिक विकृतिबाट टाढा रहने :

एउटा असल सङ्गठनकर्ता वा सामाजिक कार्यकर्ता पुरा समाजको दर्पण पनि हो । हामीले गर्ने व्यवहार, खानेपिने शैली, बोलचाल र उठबस समेतले धेरैजनालाई प्रभाव पार्दछ । कार्यकर्ताले मध्यपान तथा जुवातास लगाएतका सामाजिक विकृति विरुद्ध को आन्दोलन वा सभ्य समाज निर्माण को जिम्मेदारी आफुले त्यी सवै सामाजिक विकृति विरुद्ध संघर्ष गरेर मात्र पुरा गर्न सक्दछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार