
मनाली (हिमाचल) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तरगत मनाली नगर नगर सम्मेलन तयारी समितिको आयोजनामा नगर स्तरीय प्रशिक्षण सम्पन्न भएको छ । डिसेम्बर ९, २०२५ मा सम्पन्न सो प्रशिक्षण कार्यक्रममा मूल प्रवाहका भुपु केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यता रहेको थियो ।
नगर सम्मेलन तैयारी सम्मेलन संयोजक रतनलाल पुनको अध्यक्षता, तिलक सिंजालीको सञ्चालनमा अगाडि बढेको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य एवं हिमाचल राज्य समिति अध्यक्ष विरु श्रेष्ठ, हिमाचल राज्य समितिका कोषाध्यक्ष सिताराम बुढा, अखिल नेपाल महिला संघ कपिलवस्तु जिल्ला अध्यक्ष शारदा पौडेल खनाल, भुन्तर नगर अध्यक्ष कन्हैयालाल चौधरी संगै भुन्तर नगर सचीव दिनेश चन्दको आसनग्रहण गर्नुभएको थियो ।
ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेटको मौनश्रद्धाञ्जली पछि हरिस कुमारले अतिथि एवं सहभागीहरूलाई स्वागत गर्नु भएको थियो ।
ठाकुर खनालले नेपालको तत्कालीक राजनीति, मूल प्रवाहको भूमिका र दायित्वबारे प्रशिक्षण दिनुभएको थियो ।















