६ संगठनहरुले पुलीस कमिश्नरलाई दिए ज्ञापन, घटनास्थलको पनि गरियो पुनः निरिक्षण

खिमराज चालिसे

चंडिगढ । भारतको हरियाणा राज्यको पञ्चकुला सेक्टर ४ मा चम्पा गन्धर्व मृत्यु प्रकरण सम्वन्धमा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालको नेतृत्वमा भारत स्थित नेपालीहरुका विभिन्न ६ संघसंस्थाहरुका केन्द्रीय नेताहरु सम्मिलित प्रतिनिधी मण्डलले आज पञ्चकुलामा पुलीस कमिश्नर (आयुक्त) संजय कुमारलाई भेटि ज्ञापन-पत्र बुझाएको छ । डेलिगेशन टिमको पहिलो माग अनुसार आयुक्तको निर्देशनमा पुलीससँग प्रतिनिधी मण्डलले घटनास्थलको पुनः निरिक्षण समेत गरेको छ ।

कपिलबस्तु जिल्लाको बाढगंगा नगरपालीका ६, गणेशपुरकी चम्पा गन्धर्वको मार्च १६ को सन्दिग्ध मृत्यु प्रकरणमा परिवार र भारतस्थित नेपालीहरूका संघसंस्थाहरुले शंकास्पद हत्याको आशंका गरेका छन् । चम्पा गन्धर्वको शंकास्पद मृत्यु पछि संयुक्त संघर्ष समितिले पुलीस चौकी घेराउ गरेपछि मात्र एफआइआर दर्ज गरिएको थियो । घटनाको २० दिनसम्म पनि मकान मालिक आसिस पन्धी र डा. नलिनी पन्धीलाई पुलीस नियन्त्रण नलिनु, अन्य कर्मचारीहरूसँग कडाइपुर्वक सोधपूछ नगरिनु जस्ता कैयन सन्दिग्ध गतिविधीले हत्यालाई आत्महत्याको रुप दिन खोजेको शंका गर्दै प्रतिनिधी मण्डल पुलीस कमिश्नरसँग भेटेको हो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्यहरु दिनेश खडका, प्रेम आचार्य, प्रवासी नेपाली संघ भारतका केन्द्रीय नेताहरु मिना पोख्रेल, मिना ओली, प्रवासी नेपाली एकता मञ्च, भारतका अध्यक्ष गोविन्द पाण्डे, सदस्य दिपक थापा र लोकदोहोरी प्रतिष्ठानका भारत शाखा अध्यक्ष ललीत गिरी आजको प्रतिनिधी मण्डलमा सहभागी हुनुहुन्थ्यो भने नेपाली जनसम्पर्क समिति र अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय नेताहरुको समर्थन रहेको थियो ।

घटनास्थलको निरिक्षणमा मूल प्रवाहका केन्द्रीय सचिव एंव सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा पनि स्थानीय प्रहरी र डेलीगेशन गएको टिमसँग सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार