
केन्द्रीय समितिद्धारा भावपुर्ण श्रद्धाञ्जली ब्यक्त
बाग्लुङ, १५ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पुर्व केन्द्रीय उपाअध्यक्ष एवं दक्षिण भारत क्षेत्रीय समितिका पुर्व अध्यक्ष मेघराज आचार्य अब हामी बीच रहनु भएन । वहाँ केही समय पहिलेदेखि कमलपित्त रोगबाट ग्रस्त हुनुहुन्थ्यो ।
वहाँले लामो समयसम्म भारतमा प्रवासी श्रमजिवि नेपालीहरुलाई सचेत र संगठित गर्दै उनीहरुको हकहितको पक्षमा काम गर्नुभएको थियो । दक्षिण भारतमा संगठन निर्माण कार्यमा आचार्यको महत्वपुर्ण योगदान रहेको थियो । जागिरबाट अवकास पछि नेपाल बाग्लुङ जिल्ला दक्षिण भेग जैमिनी नगरपालिका वडा नः ९ (लौसिया रुख) आफ्नो स्थायी निवासमा रहँदै आउनु भएको थियो । स्वदेशमा पनि वहाँले राजमोको विभिन्न जिम्मेवारी निर्वाह गर्दै आउनु भएको थियो ।
यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका अध्यक्ष ठाकुर खनालले केन्द्रीय समितिको तर्फबाट एक शोक वक्तव्य जारि गरि आचार्यप्रति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ । साथै वक्तव्य मार्फत खनालले यस दुखत घडिमा शोक संतप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै धैर्यधारणाको कामना प्रकट गर्नुभएको छ ।
त्यस्तै दक्षिण भारत क्षेत्रीय समितिको तर्फदेखि सचिव जनकराज पौडेलले एक शोक वक्तव्य जारि गरि आचार्यप्रति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ । साथै वक्तव्य मार्फत खनालले यस दुखत घडिमा शोक संतप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै धैर्यधारणाको कामना प्रकट गर्नुभएको छ ।
त्यस्स्तै मध्य दक्षिण क्षेत्रीय समितिको तर्फदेखि अध्यक्ष रामप्रसाद पौडेलले पनि शोक वक्तव्य जारि गरि आचार्यप्रति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ । साथै वक्तव्य मार्फत खनालले यस दुखत घडिमा शोक संतप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै धैर्यधारणाको कामना प्रकट गर्नुभएको छ ।
मेघराज आचार्यको निधनप्रति मसाल र राजमोको श्रद्धाञ्जली














