भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्ये भारत क्षेत्रीय समितिको आयोजनामा २७,२८ फेबुअरी र १ मार्चसम्म हुन गइरहेको अखिल भारत सम्मेलनको प्रचारात्मक सभा सम्पन्न पारिएको छ । सोही अवसरमा भोपाल नगर समितिद्वारा बनभोज कार्यक्रम एवं नगर समितिका पुर्व अध्यक्ष्य किम बहादुर कार्कीलाई विधिवत बिदाई गरिएको छ ।
श्रीमती सोनु थापाको सञ्चालन र पिताम्बर पुलामी अध्यक्षताद्वारा अगाडि बढेको सो कार्यक्रममा आमन्त्रित समाजका महासचिव ठाकुर खनालको प्रमुख आतित्थ्यता रहेको थियो ।
प्रमुख अतिथि महासचिव ठाकुर खनालले मूल प्रवाहको आउँदै गरेको आठौ अखिल भारत सम्मेलनले भारत प्रवासमा विभिन्न समस्यासँग जुझ्दै हिंडेता पनि स्वदेशमा हुने आगामी निर्वाचनमा मताधिकार र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितताको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको थियो । प्रवासी नेपालीहरुले प्रवासमा रहेर भोग्नु परेका समस्या तथा समस्याका समाधानको लागि मूल प्रवाहले आफ्नो स्थापना कालदेखि नै खेल्दै आएको महत्वपूर्ण भूमिकाको बारेमा पनि महासचिव खनालले प्रकाश पार्नुभएको थियो ।
‘देशमा सत्तासिन र सत्ता बाहिर रहेका दुबै शक्तिहरुले निरन्तर रुपमा साम्राज्यवादी शक्तिहरुको सेवामा तँछाड र मछाडमा नै केन्द्रीत रहेकोले नै नेपाली जनताको मुद्धाहरु छायाँ पर्दै आएको छ ।’ महासचिव खनालले भन्नु भयो– ‘जबसम्म देशका राजनीतिक पार्टीहरु जनताको पक्षमा काम गर्ने तर्फ केन्द्रीत हुँदैनन् त्यतिवेलासम्म देशले राजनीतिक निकाश पाउने आशा कम रहेको छ ।’ त्यसका लागि संसारका जुनसुकै स्थानमा रहेर पनि देशभक्त, वामपन्थी एवं परिवर्तनकारी शक्तिहरुले एकताको झण्डामुनी गोलबन्द हुँदै आमुल परिवर्तनको आन्दोलनमा सक्रिय हुनु पर्नेमा खनालले जोड दिनुभएको थियो ।
त्यस्तै केन्द्रीय कोषाध्यक्ष्य कुल बहादुर थापा, केन्द्रीय सदस्य तालबहादुर खड्का, मध्य भारत क्षेत्रीय क्षेत्रीय समिति अध्यक्ष्य नारायण सापकोटा, क्षेत्रीय समिति सदस्य लाल बहादुर क्षेत्री, त्यसै गरि महिला बिभागबाट प्रेमा शर्मा, रक्तिम बिभागबाट अर्जुन जिएम, पुर्व नगर अध्यक्ष्य किम बहादुर कार्की, पशुपतिनाथ नेपाली समाजका अध्यक्ष्य बिष्णु शर्मा, नेपाली जनसम्पर्क समितिबाट लोकमणि घिमिरे, नेपाली एकता मञ्चबाट श्रीमती राधा अर्याल, मूल प्रवाह भोपाल नगर समितिका बरिष्ठ सदस्य मान बहादुर ओली, लाल सिंह नेपाली, रामु राना, श्रीमती रुपा ओली, चेम्बर ऑफ कामर्स बाट गणेश पाण्डे, क्षेत्रीय समिति सदस्य तथा श्री पशुपतिनाथ नेपाली समाज उपाध्यक्ष्य रमेश राना, यसै गरि महिला नगर समिति पुर्व अध्यक्ष्य मीना रानाभाट, जनसम्पर्क समिति पम्फा गैरे, नगर समिति क बरिष्ठ सदस्य बि.आर राना, ब्यापारी संघबाट प्रेम बहादुर अधिकारी, एडभोकेट संघबाट प्रेम लामाले अतिथि आसन ग्रहण गर्नुका साथै मन्तव्य दिनुभएको थियो ।
ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण नगर समिति अन्तर्गतका सम्पूर्ण बिभागका सदस्यहरुलले अतिथीहरुलाई अबिर र फूल मालाले सम्मान गरिएको थियो। उपस्थित जनसमुदायलाई लाल बहादुर क्षेत्री र रक्तिमका कलाकारद्वारा स्वागत गरिएको थियो ।
त्यसैगरी पुर्व अध्यक्ष्य किम बहादुर कार्कीलाई महासचिव ठाकुर खनालले सल ओढाएर सम्मान प्रकट गर्नुका साथै नगर समितिका कार्यकर्ताहरुले प्रशंसा पत्र र फूलमालाले सम्मान गरि विदाई गरिएको थियो ।
कार्यक्रमको अन्तमा रक्तिमका कलाकारहरुद्धारा भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।