
प्रयागराज, 24 अगस्त 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रयागराज नगर समिति महिला विभागको आयोजनामा प्रगतिशील तीज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि मध्य-उत्तर भारत क्षेत्रीय समितिका कोषाध्यक्ष तथा नगर अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवाली,विशिष्ट अतिथिका रूपमा किन्नर अखाडा अध्यक्ष महामण्डलेश्वर स्वामी कौशिलानन्द उर्फ टीना माँ र नेपाली धर्म समाज महिला शाखा अध्यक्ष विष्णु शर्मा उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा अतिथीहरू सहित राजू अधिकारी, सूरज गुरुङ,दीपक सिंह, मोहन प्रसाद खनाल, किशन सिंह परियार लगायतले तीज पर्वको शुभकामना मन्तब्य दिनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लक्ष्मी प्रसाद ज्ञवालीले तीज पर्वको सामाजिक र सांस्कृतिक महत्वबारे प्रकाश पार्दै तीजको नाममा फैलिएको सांस्कृतिक विकृतिलाई रोक्न प्रगतिशिल तीजी कार्यक्रमहरूको आयोजना गरिएको हो भन्नु भयो । वहाॅले नेपालको वर्तमान राजनीतिक परिस्थितिबारे चर्चा गर्दै नेपालमा जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएका अधिकारहरू खोस्न सडयन्त्र भैरहेको अवस्थामा हामी प्रदेशमा भएता पनि गणतन्त्रको रक्षाको लागि सचेत र संगठित हुनु पर्ने आवश्यकतामा जोड दिनु भयो ।
सांस्कृतिक प्रस्तुतीमा महिला नगर विभागका सदस्यहरू गोमा थापा, सविता शर्मा, गंगा ज्ञवाली, माया राना, डोमा शेर्पा, गीता खनाल, प्रमिला सुवेदी, नीरा आले र कुमारी रानाले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता महिला नगर विभागकी संयोजक श्रीमती गोमा थापा सञ्चालन राजू अधिकारी र सहभागीहरूलाई श्रीमती सविता शर्मा मन्तव्यबाट स्वागत गर्नुभएको थियो।
















