
भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति, भोपाल द्वारा ११५औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा सम्पन्न गरिएको छ।
कार्यक्रमको सञ्चालन श्रीमती सरिता पचभैयाले गर्नुभएको थियो भने, कार्यक्रमको अध्यक्षता श्रीमती लक्ष्मी रोका मगरले गर्नुभएको थियो ।
कार्यक्रमलाई केन्द्रीय सदस्य ताल बहादुर खड्का, क्षेत्रीय समितिका नारायण सापकोटा, श्रीमती सोनु थापा, अर्जुन जीएम, नगर अध्यक्ष रमेश राना र श्रीमती लक्ष्मी रानाले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा अतिथिहरूले अन्तर्राष्ट्रिय महिला दिवसको महत्व बारे प्रकाश पानुभएको थियो । यो विशेष अवसरले समाजमा महिलाहरूको भूमिकालाई अझ सशक्त बनाउन प्रेरित गर्ने आशा गरिएको थियो ।