अलविदा पदम पौडेल

चेन्नई पश्चिम, २२ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिका सदस्य पदम प्रसाद पौडेलको ४५ वर्षको उमेरमा हृदयघातबाट दुखद निधन भएको छ । वहाँको आजै चेन्नईको अम्बतूर डनलब कम्पनिको नजिक रहेको समसान स्थलमा साझ ७ ः१५ बजे दाहसंस्कार गरिएको छ।

दाहसंस्कार पछि शोक सभा सम्पन्न भएको छ, शोक सभामा उहाँप्रति एक मिनेट मौनधारण गरि श्रद्धाञ्जली प्रकट गरिएको थियो । शोक सभामा शोक मन्तब्य राख्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय कोषाध्यक्ष कुल बहादुर थापाद्धारा पदम प्रसाद पौडेलको निधनले संगठनलाई ठूलो क्षतिपुगेको बताउनु भयो ।

‘पदम पौडेलले संगठनको कामप्रति हमेशा सक्रियतापूर्वक खट्ने र जिम्मेवारी पालन गर्दै आउनु आएको थियो ।’ थापाले भन्नु भयो– ‘वहाँको निधनले सिंगो संगठनलाई शोकाकुल बनाएको छ, वहाँ हाम्रो बीचमा नरहेता पनि वहाँले संगठनमा खेलेको भूमिका सदा स्मरणीय रहनेछ ।’

शोक सभामा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा र क्षेत्रीय सदस्य केशमान नेपालीले पनि शोक मन्तब्य राख्नुभएको थियो । शोकसभाको सञ्चालन क्षेत्रीय सदस्य कोटी प्रसाद पोख्रेलले गर्नुभएको थियो ।

दाहसंस्कारमा केन्द्रीय सदस्य मदन शर्मा, क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्य काशीराम शर्मा, लक्ष्मण चालिसे, गोपाल विक, जनसंपर्क समितिका डी कृष्ण आचार्य र प्रवासी संघ भारतका सिमा न्युरे लगायत बिभिन्न संघसंस्थाका सदस्यहरु, कम्पनिका सहकर्मी र आफन्तजन गरि करिब ११५ जतिको उपस्थिति रहेको थियो ।

वहाँ प्यूठान बरबोटबाट बसाई सराई गरि दाङ लमाही नगरपालिका वडा नम्वर एक निवासी जगतप्रसाद पौडेलका छोरा हुनुहुन्थ्यो । वहाँका दुई छोरा र एक श्रीमती हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार