चेन्नई, २३ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय संगठन समितिको आयोजनामा भर्चुअल माध्यमद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले नेपालको तात्कालिक राजनैतिक परिस्थिति, रणनीति र कार्यनीति बिचको भिन्नता लगाएतका बिषयमा प्रशिक्षण दिनु भएको थियो ।
त्यस्तै, एकता समाजका महासचिव ठाकुर खनालले मूल प्रवाहको विगत र वर्तमान बिचमा देखा पर्ने फुट प्रस्त गतिबीधीहरुको बारेमा स्पष्ट पार्नुभएको थियो। नेपाली समाचार साप्ताहिका सह–सम्पादक धनबीर पुनले पत्रपत्रिका भनेका दस्तावेज हुन् भन्दै पत्रपत्रिकाको गहन अध्ययनले नै धारणा बनाउन मदत पुग्ने बताउनु भएको थियो ।
कार्यक्रममा आफ्ना मन्तव्य राख्दै संगठनका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले अनुशासित नेता र कार्यकर्ताले नै संगठनको मार्गनिर्देशन गर्न सक्ने बताउनु भयो ।
एकता समाजका केन्द्रीय कोषाध्यक्ष कुलबहादुर थापा, केन्द्रीय सचिव जनकराज शर्मा, केन्द्रीय सदस्य मदन शर्मा, भगवती कुँवर, ठाकुरप्रसाद केसी, मोहराज चालीसे, चोवनाथ शर्मा, वालाकृष्ण गायक र केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्माको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रममा एकता समाज चेन्नै पश्चिम नगर सदस्य पदम प्रसाद पौडेलको शनिबार ९२२ जनवरी २०२२० का दिन हृदयघातबाट भएको निधनप्रति २ मिनेट मौनधारण गरिएको थियो । भने मृतकका दाजु पश्चिम नगर अध्यक्ष बुद्विराम पौडेलले पदम पौडेलको जिवनिका बारेमा जानकारी गराउनु भएको थियो।
संगठनका क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षता, दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेलको सञ्चालनबाट अघि बढेको कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितिका उपाध्यक्ष दशरथ विकको स्वागत तथा क्षेत्रीय सदस्य काशीराम शर्माले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।