फुचुंग्री : पत्रकार भनेको के हो र काका ?
काका : नानी१ तिमीले सोधें जस्तो सोचें जस्तो उत्तर त्यति सजिलो छैन, सामान्य रूपमा पत्रकार भन्नाले समाचार लेख्ने कलम्जिविलाई भनिन्छ । वर्ग विभाजित समाजमा पत्रकार पनि दुई वर्गमा विभाजित छन् । (१) हुनेखानेहरुको लागि लेख्ने पत्रकार जसलाई पूँजीवादी पत्रकार भनिन्छ । (२) हुँदा खानेहरुको पक्षमा लेख्ने सर्वहारा चिन्तन बोकेका संवाददाता । हामीहरूले यिनै दुई बीचको भिन्नतालाई छुट्याएर सर्वहारा चिन्तन बोकेका संवाददाता पत्रकारलाई आदर सम्मान गर्दछौं । सर्वहारा चिन्तन बोकेका संवाददाता पत्रकारसँग कुनै निजी स्वार्थ हुँदैन, बहुसंख्यक दुखी गरिब जनताको हितमा पार्टी र क्रान्तिको लागि अर्थात आमूल परिवर्तनको लागि आफूले आफैलाई समर्पित गरेका हुन्छन् । उनीहरूको खबर समाचारमा सत्य तथ्यमा आधारित सनशनीपूर्ण खुलासा सहितको शब्द छनौट लेखन सैली हुनेगर्छ । विचारमुलक सामग्रीहरू सभ्य र स्तरिय बनाउन प्रयत्न गर्छन् । उनीहरूको मूल उद्देश्य सडेगलेको मरणासन्न अवस्थामा रहेको यो पुँजीवादी प्रतिक्रियावादी राज्य व्यवस्थालाई ध्वस्त पार्ने हुन्छ ।
फुचुंग्री : काका ! मलाई पनि सर्वहारा चिन्तन बोकेको पत्रकार बन्ने रहर लागेको छ । के म पनि ?
काका : अवस्य नानी, तिमीले गत तिजमा लेखेको गजल कविता मुक्तक कति मार्मिक थियो । झिमरुक पोष्ट अनलाईनले प्रकाशित गरेको थियो । तिम्रो त्यो डायरीमा लेखिएका नोटहरु, प्रगतिशील साहित्य अध्ययनको रुचि र संगठन निर्माणमा फिल्डमा खटने तिम्रो जोस जाँगर सक्रियता देखेर म दंगै परेको छु । मेरी प्यारी फुचुंग्रीसँग भविस्यमा राम्रो पत्रकार बन्ने खुबी भरिएको छ । फुचुंग्रीको भबिस्य उज्ज्वल छ । निरन्तरताको कामना ।
फुचुंग्री : काका ! कथित जागरण क्लबका मान्छेहरूको कथित मूल प्रवाह गोरखपुर भेलाबाट आएकी फिस्टीले त म पनि पत्रकार बन्ने हो, मलाई सेल रोटी बनाउन आउँछ पो भन्थी त ।
काका : फिस्टीलाई के सिकाउँछन्, कता लैजान्छन्, त्यो उनीहरूको कुरा भयो । पत्रकार हुनलाई सेलरोटी बनाउनेसँग कुनै सरोकार छैन । तिम्रो प्रगति तरक्की देखेर जलेकी होली त्यो फिस्टी । हामीले अझै आशा गर्नु पर्छ जति पनि प्रगति तरक्की गर्न चाहने इमान्दार फिस्टि छन् । जागरण क्लबका मान्छेहरूको नियतमा खोट छ, भ्रममा नपर्न र मूल घरमा वापस आउन हार्दिक अनुरोध गर्नुपर्छ ।
फुचुंग्री : क्रान्तिकारी कुरा गर्दै कथित बिद्रोह गर्नेहरू एमाले, एस समाजवादी, माओवादीमा पुगेछन् नि ?
काका : तिनीहरू नै थिए, वडा चुनावमा धरौटी फर्काउन नसक्ने कोठे नेता । पार्टीको केन्द्रीय सर्कुलर झोलामा राखेर तलसम्म जान नदिने पनि तिनै हुन् । क्रान्तिकारी लफ्फाजि, उग्र शब्द, अति क्रान्तिकारिताको आडमा अरु समुहमा विलय आत्मसमर्पण गर्ने मोलभाउँ बनाई रहेका थिए । कथित ने.क.पा. (मसाल) केन्द्रीय समन्वय समिति गठन गरिएको तीन चार महिनामै सबै तितरवितर भइसके । बाँकी रहेका पनि एमालेमा जाने मोलभाउ हुँदैछ भन्ने बजारमा हल्ला आइसकेको छ । भ्रममा परेका साथीहरु आत्मालोचना गरेर आफ्नो मूल घरमा वापसी सुरु भइसकेको छ । तिनीहरूको क्रान्तिकारिता दाईको लाहुर भैरहवा नाकासम्म भने जस्तै देखियो ।
फुचुंग्री : मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौँ अखिल भारत नेपाली एकता सम्मेलनको तयारी कस्तो छ ग्राउण्ड जिरोमा ?
काका : धमाधम प्रचारात्मक भेला, सांस्कृतिक कार्यक्रम, खेलकुद, रक्तदान, सदस्यता वितरण कार्यक्रम भइरहेका छन् । क्लास प्रशिक्षणबाट नेता कार्यकर्ता बनेका छन् । सधैं एकता समाजको बिरोध गर्ने, हामीलाई गाली गर्ने, घृणा गर्ने ति मान्छेहरू आज मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्यता लिएर सेल्फी खिचेका छन् । हाम्रो लगातारको प्रयत्न भेटघाट, बोली व्यवहार, उनीहरूलाई हेर्ने हाम्रो सोंचले समाजको झण्डामुनी गोलबन्द भएका छन् । समाजका साथीहरु असल हुँदा रहेछन्सम्म भन्ने बनेका छन् । हामीलाई थाहा छ समाज बिना हामी बाँच्न सक्दैनौं ।
फुचुंग्री : कथित जागरण क्लबका मान्छेहरूको नियतमा खोट रहेछ, सोंचेका हुँदा हुन, मसाल सिध्याउने खेल सफल हुन्छ, मसालका नेता कार्यकर्ता जनताको सक्रियता देखेर दंगै परेका होलान नि काका ?
काका : उफ ! के के सोध्छे यो फुचुंग्री पनि !