काका र फुचुंग्री (भाग -२३)

फुचुंग्री :- काका ! मानव तस्कर भनेको के हो र ?

काका :- अवैधानिक रुपमा वा गैर कानुनी रुपमा मान्छे बेच्ने कामलाई मानव तस्कर भनिन्छ । गरिखाने वर्गका मानिसहरू जो काम र मामको खोजीमा छट्पटिएका हुन्छन्, तिनीहरूलाई नियम कानुन थाहाँ हुँदैन । उनीहरूलाई मोटो रकममा सौदाबाजी हुने गिरोह सक्रिय छ । कैयौं महिलालाई यौन व्यवसायमा धकेल्छन्, कयौ पुरुष महिलालाई मारेर अंग किड्नी मुटु आँखा रगत बेच्न कहाँदेखि कहाँ पुर्याउँछन् । श्रम शोषण, यौन शोषण हुने गर्छ ।

फुचंग्री :- लोकतन्त्र प्रजातन्त्र गणतन्त्र भन्ने व्यवस्थामा पनि ?

काका :- यसो त संसार भरी लोकतन्त्र प्रजातन्त्र गणतन्त्र भन्ने व्यवस्था छ । त्यही ब्यवस्था को काधमा टेकेर तस्कर दलाली भ्रष्टाचारी घुसखोरी माफिया डनहरु फलेफुलेका मौलाएका हुन्छन् । यो पुँजीवादी प्रतिक्रियावादी राज्य व्यवस्था हो । मुठ्ठीभर पूँजीपति वर्गको हितमा यो राज्य व्यवस्था सञ्चालन गर्न पुलिस प्रशासन अदालत जे को व्यवस्था गरेको छ । ती तस्करहरु कुनै नकुनै रूपमा राज्य व्यवस्था सञ्चालन को केन्द्रमा हुन्छन् । उनीहरूलाई राज्यले संरक्षण दिने गरेको हुन्छ ।

फुचुंग्री :- देशमा घुस लिने दिनेलाई, तस्कर गर्नेलाई, कडा कारबाहीको कानुन छ त ?

काका :- त्यो त हात्तीको देखाउने दाँत मात्रै हो । नेपालमा प्रजातन्त्र आएँ पछि, संघीयता आएँ पछि गरिबको थालमा पाकेको तातो तातो दाल भात आफै खस्छ भन्नेहरु यिनै हुन् त, खै किन युवाहरु खाडीमा तातो घाम खान एरपोर्टमा पासपोर्ट बोकेर लाइनमा छन, कतिले घाम खाइरहेका छन् । आफ्ना जहान परिवार चटक्कै छोडेर कमाउन गएकाहरुको लास रातो बाकसमा घर आँगनमा आउँदा त्यो घर परिवारको दुःख वेदना कस्तो हुन्छ सहजै अनुमान गर्न सकिन्छ । पाँच छ घण्टासम्म पानी नखाएर भाषण गर्न सक्ने नेताहरुलाई थाहाँ छैन र वैदेशिक रोजगार नै देश गरीब हुनुको प्रमुख कारण हो । देश बनाउनु छ भने जनशक्तिलाई देश भित्रै रोजगारी दिने व्यवस्था गर्नु पर्छ । यो व्यवस्थाको सरकारले त्यो गर्दैन किनकी यो व्यवस्था नै सर्वहारा वर्गको हितमा छैन ।

फुचुंग्री :- जनताको हितमा काम गर्नलाई के के गर्नु पथ्र्यो सरकारले ?

काका :- जब पञ्चायती व्यवस्थाको अन्त्य गरी गणतन्त्रको स्थापना भएको थियो, त्यतिबेलै सर्वप्रथमः सहिदको सम्मानमा स्मारक बनाउनु पथ्र्यो, सहिद परिवारलाई शिक्षा स्वास्थ्य रेखदेखको जिम्मा लिनु पथ्र्यो । वैदेशिक रोजगार पूणर् रूपमा बन्द गरेर देश भित्रै रोजगारी दिने व्यवस्था गर्नु पथ्र्यो । भारतसँगको खुल्ला सिमाना बन्द गरेर तारबार लगाउने र पासपोर्ट भिसाको व्यवस्था हुनु पथ्र्यो । सन १९५० को असमान सन्धि खारेज गरिएको हुनु पथ्र्यो । खै त कति सरकार आए गए, किन भएन ? हामी त स्पष्ट छौं जब तक जनता सचेत र जागरुक हुँदैनन् तब तक प्रजातन्त्र गणतन्त्र गरिबी बेरोजगारी महंगी भ्रष्टाचारी घुसखोरी जस्ता शब्दहरु सत्तामा चढने भर्याङ मात्रै हुनेछ ।

फुचुंग्री :- मसालले क्रान्ति गरेन अब हामी गर्छौँ भन्दै कथित बिद्रोह गर्नेहरू पनि छन नि काका ?

काका :- आफू पार्टीको जिम्मेवार मोर्चामा हुँदा “……मैले कोठा ल्याएँ तिमी आइनौ यो जाडोमा तिमी त्यता म यता एक्लै…’ महिला कार्यकर्तालाई मेसेज गरेर तरुनी बाजको रूपमा चर्चामा आएका र पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेका अराजक तत्वहरूबाट कस्तो क्रान्ति होला ? आफ्नो गल्ति ढाकछोप गर्न क्रान्तिकारी लफ्फाजिको तरिका अपनाएका छन् ।

फुचुंग्री :- यसको अर्थ जागरण क्लबका मान्छेहरूको नियतमा खोट छ भन्न खोज्नु भएको हो कि ?

काका :- कोठामा बसेर समानान्तर दस्ताबेज तयार पार्दैमा क्रान्तिकारी भइँदैन, जनताको बीचमा जानुपर्छ, अँध्यारा सुदुर बस्तीमा जानुपर्छ । उनीहरूले आटो सिस्नो पिठो मकै भुटेको जे खान दिन्छन खाइदिनु पर्छ । चकटिमा बसिदिनु पर्छ । उनीहरूको दैनिक जीवनमा आईपर्ने समस्यामा एकाकार भएर समाजसेवा गर्नु पर्छ । तब जननेता कमरेड बनेर आन्दोलनको रूपरेखा तैयार गर्नुपर्छ । त्यसो हुन सक्यो भने मात्रै मानव तस्कर गर्नेलाई कारबाही गर्न सकिन्छ । किनकी जनता नै इतिहासका निर्माता हुन् ।

फुचुंग्री :- तपाईं फरीदाबाद किन जाँदै हुनुहुन्छ र ?

काका :- मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी आठौँ अखिल भारत नेपाली एकता सम्मेलन २०२२ फरवरी २७-२८ र १ मार्चमा फारीदाबादमा हुँदैछ । म पनि नगरबाट जाँदैछु । भारत भरीबाट प्रतिनिधि प्रयव्येक्षक आउँदै हुनुहुन्छ ।

फुचुंग्री :- कथित जागरण क्लबका मान्छेहरूको नक्कली मूल प्रवाहका लागि आठौ अखिल भारत सम्मेलन त फलामको चिउरा साबित भयो हैं ?

काका :- उफ ! के के सोध्छे यो फुचुंग्री पनि !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार