विकानेर, ३१ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बिकानेर नगर समितिमा आठौं अखिल भारत सम्मेलनको प्रचार प्रचारसँगै गान्धी कलोनी एरिया समिति गठन गरिएको छ ।
विकानेर नगर समितिका सदस्य बमबहादुर विष्ट र रामप्रसाद पोखरेलको विशेष पहल तथा नगर उपाध्यक्ष राजु विक, सचिव पारस पराजुलीको बिशेष उपस्थितिमा गठित सो १३ सदस्यीय एरिया समिति गठन गरिएको हो । जसमाः अध्यक्ष- बमबहादुर विष्ट, उपाध्यक्ष- नारायण विष्ट, सचिव- केशर बस्नेत, कोषाध्यक्ष- बिरबहादुर आले, सदस्यहरुमाः- मधु विष्ट, शरद केएम, कमल श्रेष्ठ, शोभबहादुर, निम प्रसाद, छत्रबहादुर, आकाश थापा र बादल क्षेत्री रहनुभएको छ । सल्लाहकारमा रामप्रसाद पोख्रेल रहनु भएको छ ।