कोयम्बटोरको कनुबाइमा मूल प्रवाहको एरिया समिति पुनर्गठन

कोयम्बतुर, २ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन प्रचारात्मक भेला सहित कनुबाइ एरिया समिति पुनर्गठन गरिएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी २७, २८ फरवरी एंव १ मार्च २०२२ मा सम्पन्न हुन गैरहेको अखिल भारत सम्मेलन प्रचारात्मक भेलाहरु तिब्र गतिमा भारतका विभिन्न नगरहरुमा सम्पन्न भईरहेका छन् ।

त्यसै क्रममा मूल प्रवाहको अखिल भारत सम्मेलन प्रचारात्मक अभियान अन्तर्गत दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोयमबतुर नगर समितिमा केन्द्रीय परिसद सदस्य रबिशंकर शर्मा, नगर सदस्य चिरन्जिबी शर्मा, लक्ष्मी देबी शर्मा, चन्द्र प्रसाद शर्मा र भिम बहादुर पुनको विशेष उपस्थितिमा प्रचारात्मक भेला सम्पन्न गरिएको हो ।

उक्त भेलाले चन्द्र दत्त शर्माको अध्यक्षतामा ७ पुणर्, २ बैकल्पिक गरि ९ सदस्यीय कनुबाइ एरिया समिति पुनर्गठन गरेको छ। जसमाः उपाध्यक्ष- राजु थापा, सचिव- चिरन्जिवी शर्मा, सहसचिव- रमेश पाण्डे, कोषाध्यक्ष- दिव्यश्री शर्मा रहनुभएको छ । त्यस्तै सदस्यमाः रेशम थापा, गोविन्द पौडेल, बैकल्पिक सदस्यमा : तेजेन्द्र रोका र रोशन शर्मा रहनुभएको छ ।

उक्त भेलामा मूल प्रवाहको बारेमा प्रस्टाउँदै केन्द्रीय परिषद सदस्य रबिशंकर शर्माले नबनिर्बाचित पधादिकारीहरूलाई बधाइ तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार