¶ फूचुङ्रि:- प्रचण्डको एमसीसी व्याख्यात्मक प्रस्ताव भनेको के हो र ?
✓काका:- जनतालाई झुक्याउने गलपासो हो। षड्यन्त्रको तानाबुना हो। यिनीहरू विकि सकेका देशका गद्दार मान्छे हुन्। यिनीहरू हरियो घाँसमा लुकेका सर्प हुन।
¶ फुचुङ्ग्रि:- सत्ता गठबन्धन बाट राष्ट्रिय जनमोर्चा बाहिरिएछ नि, काका किन होला ?
✓ काका:- ओलीको असंवैधानिक प्रतिगामी कदम रोक्न गठबंधन आबस्यकता थियो। प्रचण्ड देउवा माकुने ले एमसीसी पास गरेर देश र जनता सँग गद्दारी गरे पछि गठबंधन मा रहन औचित्य छैन भन्ने पार्टीको निर्णय भयो। हामी जनताको हितमा जनताको बीचमा जानुपर्छ भन्ने मान्यता अनुसार गठबंधन तोडेर बाहिर आयौँ।
¶ फुचुङ्ग्रि:- अब के गर्नु हुन्छ नि ?
✓ काका:- कहिलै कसैको गुलामी स्वीकार नगरेका नेपाली जनता लाई अमेरिकाको गुलामी हुन दिँदैनौं। आन्दोलन गर्छौँ एक मुठ्ठी श्वास हुँदा सम्म।
¶ फुचुङ्ग्रि:- के आंदोलन बाट एमसीसी खारेज हुनेछ र ?
✓काका:- जनताको अजय शक्तिको सामु ठूला ठूला बादशाह को स्वर्ग धोस्त भएका ईतिहास छ यिनी देशका गद्दार लाई पराजित गर्न धेरै समय लाग्दैन। जनताको आन्दोलनको आँधी बेहरी को सामु सुकेको पिपलको पात झैँ उडेर हराउँछन्। जनताको जित निश्चित छ।
¶ फुचुङ्ग्रि:- फरवरी २७,२८ र १ मार्च फरिदाबाद मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौँ अखिल भारत नेपाली एकता सम्मेलन भव्य र सभ्य शानदार रूपमा सफल सम्पन्न भएछ नि हैं काका ?
✓ काका:- रात दिन निद्रा भोक प्यास हुरी बतास घाम पानी नभनेर निरन्तर रुपमा केन्द्र क्षत्र नगर टोल समिति सम्म का नेता कार्यकर्ता जनताको सक्रियता त्याग समर्पण लगानी को प्रतिफल हो सम्मेलन सफलता, अर्को शब्दमा भन्ने हो भने सम्मेलन तयारी विस्तारित बैठक भोपाल देखि फरीदाबाद सम्म, केन्द्र देखि टोल सम्म, बन्दसत्रमा विधान घोषणा पत्र संशोधन देखि संगठनात्मक प्रगति प्रतिवेदन सम्म दत्त चित्त भएर लाग्नु भएका सम्पूर्ण एकताप्रेमी समाजसेवी नेता कार्यकर्ता जनताको मेहनतको फल हो, यति छोटो समयमा यति ठूलो राष्ट्रिय स्तरको कार्यक्रम सफल पार्नु चानचुने कुरा थिएन।
¶ फुचुङ्ग्रि:- तपाई नै अध्यक्ष बन्नु भयो कि ?
✓ काका:- त पनि कति लाटी हो क्या! म त प्रतिनिधि मात्रै हो, वर्षौं देखि जीवन सुम्पेर त्याग समर्पण लगानी गरेका पाका अनुभवी अग्रजहरु हुनुहुन्छ। म त सर्वसाधारण समर्थक मात्रै हो नि। हामीले कहिलै पनि पद र जिम्मेवारी मागेनौ, संगठनले दिएको जहाँ जस्तो जिम्मेवारी दिन्छ सहर्ष स्वीकार गरेर फिल्डमा होमिनु हाम्रो कर्तव्य हो। संगठन समाज पार्टीलाई जति जति बेला संकट आउँछ अग्रपंतिमा ढाल बनेर उभिने गरेका छौं। हामीले सिकेको बुझेको कुरा यही हो।
¶ फुचुङ्ग्रि:- गजबको मन छुने कुरा गर्नु भयो काका, हजुरको विचार महान छ ।
✓काका;- हो नि लाटी, पद र स्वार्थको लागि काम गर्नेहरू हाम्रो समाजमा टिक्न सक्दैनन्, हेर न ति जागरण क्लबका मान्छेहरूको के हालात भयो ।
¶फुचुङ्ग्रि:- ए हो त नि , काका! तिनीहरू त रिसले चूर चूर भए होलान हैं हाम्रो ऐतिहासिक आठौ सम्मेलन देखेर ?
✓काका:- उफ्! के के सोध्छे यो फुचुङ्ग्रि पनि !