दक्षिण भारत, ६ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई महानगर भित्रका पुर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितको संयुक्त आयोजनामा आठौं अखिल भारत सम्मेलनको सन्देश सभा सम्पन्न भएको छ । सम्मेलन २७, २८ फेव्रेवरी र १ मार्चका दिन फरीदाबादमा सम्पन्न एैतिहासिक रुपमा सम्पन्न भएको थियो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय परिषद सदस्य तथा चेन्नई पश्चिम नगर समितिका अध्यक्ष बुद्विराम पौडेलको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा महासचिव कुल बहादुर थापाले प्रमुख अतिथिको आसनबाट मन्तव्य दिनुभएको थियो ।
महासचिव थापाले मन्तव्य राख्दै संगठनका कुनै पनि कार्यकर्ताहरुले संगठनको दायरा भन्दा बाहिर रहेर धारणा राख्न नमिल्ने बताउनु भयो । ‘सम्मेलनले हामीलाई संगठनको जिम्मेवारी निर्वाह गर्ने जिम्मा दिएको छ । त्यसलाई कति राम्रो र व्यवस्थित रुपमा सम्पन्न पार्न सक्छौं, त्यो नै हाम्रो कार्यकालको सफलता हो ।’ थापाल भन्नु भयो- ‘संगठनले विगतमा पनि कैयौं साथीहरुलाई महत्वपूणर् जिम्मेवारी दिएको थियो, तर उहाँहरुले त्यो अवसरलाई व्यक्तिगत महत्वको रुपमा बुझ्नु भयो, जसले गर्दा आज वहाँहरु हामीसँग हुनुहुन्न ।’
सम्मेलनले कसलाई के पद दियो त्यो प्रमुख विषय नभएर के जिम्मेवारी दियो त्यो र जिम्मेवारी पाए पछि कति सफलतापूर्वक निर्वाह गर्न सकिन्छ त्यो नै प्रमुख भएको महासचिव थापाको भनाई यो । ‘अवसरहरु आउँछन् जान्छन् तर हतोत्साही र निराशा हुनुहुन हुँदैन । हतोत्साही र निराशा श्रमजिवी वर्गको जिम्मेवारीबाट विमुख भइन्छ त्यसैले उत्साहपूर्वक काममा खटिनु नै सम्मेलनले हामीलाई दिएको जिम्मेवारी हो ।’ थापाले थप्नु भयो- ‘दक्षिण भारतबाट कतिपय साथीहरु आठौं अखिल भारत सम्मेलनबाट छुट्नु भयो, त्यो दुःखको कुरा हो । अगाडिका दिनमा संगै आउनुस्, गुटबन्दी र अराजकताबाट मुक्त हुनुस् बाटो आफै खुल्छ ।’ घर न घाटको अबस्थामा पुगेर नबस्न समेत थापाले आग्रह गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, केन्द्रीय बैकल्पिक सदस्य केशमान नेपाली, रक्तिम केन्द्रीय संयोजक मोहराज चालीसे, केन्द्रीय परिषद सदस्य कोटी प्रसाद पोख्रेल, काशिराम शर्मा, गोपाल वि.क., ओमाकान्त शर्मा, उमानन्द चालीसे, लोकेन्द्र पौडेल र महिला विभाग क्षेत्रीय सदस्य लक्ष्मी चालीसेले आतित्थ्यता एवं मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा १ मिनेट ज्ञात अज्ञात सहिद हरुको संझनामा मौनधारण पछि केन्द्रीय परिषद सदस्य लोकेन्द्र पौडेल र रक्तिमका कलाकारहरुले स्वागत गर्नुभएक थियो ।
उक्त सभामा केन्द्रीय वैकल्पिक सदस्य केशमान नेपाली, केन्द्रीय परिषद सदस्य ओमाकान्त शर्मा, काशीराम शर्मा, कोटी प्रसाद पोख्रेल, उमानन्द चालीसे, क्षेत्रीय महीला विभागबाट लक्ष्मी चालीसे र हाउसको तर्फबाट चिन्तामणी शर्माले शुभकामना दिनु भएको थियो । कार्यक्रमको अन्तमा केन्द्रीय परिषद तथा चेन्नई उत्तर नगर अध्यक्ष गोपाल वि.क.ले धन्यबाद ज्ञापन गर्नुभएको थियो भने उक्त कार्यक्रमको सञ्चालन केन्द्रीय परिषद सदस्य तथा चेन्नई पुर्व अध्यक्ष लक्षुमण चालीसेले गर्नुभएको थियो ।