रेलबाट खसेर मृत्यु भएका भबेन्द्र दर्जीको मूल प्रवाहद्धारा दाहसंस्कार

नेल्लोर, ५ मार्च । भारतको गोरखपुरदेखि दक्षिण भारत कोइम्बतुर जाने क्रममा आन्ध्रा प्रदेशको नेल्लोरउमा रेलबाट खसेर मृत्यु भएका भवेन्द्र दर्जीको शव मूल प्रवाहले दाहसंस्कार गरेको छ ।

घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समितिका कार्यकर्तालाई प्राप्त भए पछि उनीहरु नेल्लोर रेलवे स्टेशनको पुलिस स्टेसन पुगि मृतक व्यक्तिको बारेमा जानकारी लिएका थिए ।

निज ब्यक्तिको नेल्लोरको सरकारी अस्पतालमा पोष्टमार्टम भैसकेको पुलिसबाट जानकारी प्राप्त भएको थियो । मृत्यु भएका भवेन्द्रका दाजु र भाउजु लगाएत केही उनका आफन्त जनहरु नेल्लोर आए पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समितिको पहलमा दाहसंस्कार गरिएको हो । नेल्लोरको बडितोटा भन्ने ठाउँमा अवस्थित संशानघाटमा दाहसंस्कार गरिएको हो ।

मृतक दर्जि म्याग्दी जिल्ला बेनि नगरपालिका वार्ड न . २ निवासी भई पिता लाल ब. दर्जी माता देउकला दर्जीको कान्छोरा हुन् । बर्ष ४३ भबेन्द्र दर्जी नेपाली प्रहरीबाट अबकास प्राप्त व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार