फुचुंग्री- के हो काका खुशी देखिनु हुन्छ नि ?
काका- मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौँ अखिल भारत नेपाली एकता सम्मेलन भव्य र सभ्य शानदार रूपमा सफल सम्पन्न भएको छ त खुशी नहुने कुरै भएन नानी ।
फुचुंग्री- फुटपरस्त तत्वहरूको अवरोध बाधा अड्चनको बावजूद पनि ?
काका- आगोसँग खेल्ने बानी परेका लौह अनुशासित एवं मिलेटेन्ट भोलेल्टिएरको अगाडी तिनीहरू के टिक्थे र । एकता समाजले भोपालमा विस्तारित बैठक बस्दै सम्मेलन तयारी समिति गठन गर्यो, सम्मेलन गर्ने मिति र स्थान नारा तय गर्यो । प्रचार प्रसार गर्न र आर्थिक कोटाको जिम्मा तलसम्म निर्देशन गर्यो । रातदिन नभनी सबै लाग्नु भयो । फुटपरस्त तत्वहरू लगायत झिना मसिना चुनौतीलाई दर किनारा गर्दै सम्मेलनको संघारमा पुग्यौ, को कहाँ पुग्नु भयो फेसबुक अपडेट हेर्दै फरीदाबाद पुग्यौं, विभिन्न क्षेत्र नगर समितिबाट आएका सबैसँग अभिवादन साटासाट गर्यौ । सम्मेलन भव्य रुपमा सम्पन्न भयो । सम्मेलन संदेश सभा समारोह पनि ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस सहित मनायौं । आगामी दिनमा जनताको बीचमा काम गर्ने नयाँ ऊर्जा सहित हामी यति बेला सबै फिल्डमा छौं ।
फुचुंग्री- काका, रुस र युक्रेनको युद्ध के हो र ?
काका- रुस र अमेरिकी दुई साम्राज्यवादी देशहरुको स्वार्थको बीचमा पिसिएको हो युक्रेन ।
फुचुंग्री- भारतको पंजाबमा विधानसभाको निर्वाचन परिणाम निकै रोचक लाग्यो हैं काका ?
काका- पुरानो आई कांग्रेसको भारत भरीबाट पत्तासाफ हुँदैछ, सत्तरी असी वर्षको राजनीतिमा आई कांग्रेसले समयको माग अनुसार अपडेट गर्न सकेन । विकल्पमा आम आदमी पार्टी आएको छ । झाडुको सुनामी दिलचस्प देखियो । यसको अर्थ आम आदमी पार्टीले इनकालाव ल्याउँछ भन्ने होइन किन कि तिनीहरूसँग वर्गिय राजनीति छैन ।
फुचुंग्री- नेपालमा पनि स्थानिय चुनाव हुँदैछ नि, यसको असर पर्ला र ?
काका- हावा त चल्छ । चुनावमा सुनामी जीत पनि हुनसक्छ, जनताका समस्या ज्यूँ का त्यूँ रहन्छन् किनकी यो व्यवस्था नै पुँजीवादी प्रतिक्रियावादी राज्य व्यवस्था हो । वर्ग संघर्ष आमूल परिवर्तन एक मात्रै विकल्प हो ।
फुचुंग्री- राजमोले चुनाव जित्दैन भन्न खोज्नु भएको हो कि ?
काका- जित्छ, जहाँ जहाँ संगठन बलियो छ, त्यहाँ त्यहाँ जित्छ । नजितिने ठाउँमा पनि प्रचारात्मक अभियानको लागि उमेद्वारी उठाउँछ । पार्टीको नीति कार्यक्रम जनतासम्म लैजाने योजना छ ।
फुचुंग्री– ति जागरण क्लबका मान्छेहरूको राजमो समन्वय समिति पनि चुनावमा जाला र काका ?
काका- उफ ! के के सोध्छे यो फुचुंग्री पनि ।