दक्षिण भारत । चेन्नईमा एक नेपालीको मृत्यु भएको छ । बरेङ गा. पा. ६ उर्लेनि बाग्लुङ निवासी स्वर्गीय धन बहादुर थापाका छोरा बर्ष ४२ का शकस थापाको पायल्सको उपचारको क्रममा चेन्नई सेन्ट्रलस्थित राजिब गान्धी अस्पतालले १२ मार्च २०२२ को राती १० बजे मृत घोषणा गरेको हो ।
शकस थापाको मृत्युको खबर पाउने वित्तिकै चेन्नई सेन्ट्लस्थित राजिब गान्धी अस्पतालले तत्काल मृतकका आफन्तहरुलाई सम्पर्क गरी शवलाई निजको जिम्मा लगाएको थियो ।
मृतकको शव के.के. नगरस्थित रोममा ल्याई राखिएको र १३ मार्च २०२२ का दिन मृतकका आफन्तहरु र शकस थापाले नोकरी गर्ने मिनाक्षी कलेजका स्टाफ एवं मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुको उपस्थितिमा के. के. नगर को नेसापाक्कम सुरघाटमा दाहसँस्कार गरिएको छ ।
उनको शवयात्रामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय परिषद सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितीका कोषाध्यक्ष लोकेन्द्र पौडेल, चेन्नई दक्षिण नगर सदस्य रोम बहादुर सापकोटा, पश्चिम नगरबाट टेक बहादुर थापा, खड्क बहादुर थापा, आफन्तहरु मृतकको कान्छो बुवा तुल बहादुर थापा, छत्र बहादुर राना, गम बहादुर राना, याम बहादुर थापा, डम्बर बहादुर थापा, राम बहादुर थापा, कृष्ण राना, युवराज शर्मा, शेर बहादुर थापा, टिकाराम थापा, धन बहादुर थापा, देवेन्द्र थापा, कलेजका स्टाफहरु भरत, मिलन, पनिर, मनि, प्रभा, एडविन, राजेन्द्र, सुरी लगायतको उपस्थितिमा मृतकको अन्त्यष्टी गरिएको हो । मृतक थापा बिगत १८ बर्षदेखी मिनाक्षी कलेजमा सेक्युरेटी गार्डमा कार्यरत थिए ।