निलगिरीमा आठौं सम्मेलनको सन्देश सभा सम्पन्न

निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत निलगिरी नगर समितिको आयोजनामा आठौं अखिल भारत सम्मेलनको संदेश सभा कार्यक्रम सम्पन्न भएको छ ।

अखिल भारत सम्मेलन २७, २८, फरवरी र १ मार्च २०२२ का दिन फरीदाबादमा एतिहासिक रुपमा सम्पन्न भएको उक्त सम्मेलनको सन्देश सभा कार्यक्रम टेक बहादुर बि.क.को अध्यक्षता र मिना हमालको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा ज्ञात-अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात उपस्थिति जनसमुदायलाई रक्तिम साँस्कृतिक परिवारका कलाकारहरुले गित-संगितबाट र लोकेन्द्र बि.क.ले शब्दबाट स्वागत गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथी बिरे थापाले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ८औं ऐतिहासिक सम्मेलनको सन्देश र मत्वपुणर् बिषयहरुलाई प्रस्टाउनुभएको थियो ।

त्यस्तै कार्यक्रममा नगर समितिको तर्फदेखि मधु खनाल, महिला बिभागको तर्फदेखि लक्ष्मी बि.क., रुपा थापा र सीता नेपाली, विद्यार्थी बिभागबाट कबिता हमाल, क्षेत्रीय बिध्यार्थी बिभागबाट कस्तुरी थापाले शुभकामना दिनु भएको थियो ।

अन्त्यमा ८औं सम्मेलनको लागि आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने सम्पुणर् सहयोगार्थीहरुलाई नगर समितिको तर्फदेखि धन्यवाद प्रकट गर्दै कार्यक्रमका अध्यक्षले कार्यक्रम समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार