कोट्टयाम केरला, १३ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कोट्टयाम नगर समितिको आयोजनामा आठौं अखिल भारत सम्मेलनको संदेश सभा कार्यक्रम सम्पन्न भएको छ ।
प्रेम प्रसाद शर्माको अध्यक्षता र दिल बहादुर रानाको सञ्चालनबाट अगाडि बढेको कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष मदन शर्माको प्रमुख अतित्थ्यता रहेको थियो । कार्यक्रमलाई सम्मोदन गर्दै शर्माले भारतस्थित नेपालीहरुको गौरबमय ईतिहास बोकेको मूल प्रवाहको ईतिहास र बिच बिचमा संगठनलाई धुमिलाउन कुचेस्टा गर्ने अबसरबादी तत्वहरुको भ्रममा नपर्न आव्हान गर्दै राष्ट्रिय सम्मेलनको बारेमा प्रस्टाउनु भएको थियो ।
सन्देश सभाहका अतिथिहरुमा परिसद सदस्य तथा क्षेत्रीय सहसचिव एवं नगर अध्यक्ष धर्मराज शर्मा क्षेत्रीय सदस्य भद्र बहादुर थापा, समता बिभागका शेर बहादुर बिक, खेलकुद बिभागका मनोज जिसि, महिला बिभागकी सदस्य बालीकादेबि शर्मा, रक्तिम मोर्चाका टिकाराम सुवेदी, राष्ट्रिय जनमोर्चा चितवनका एलपि शर्मा, महिला नगर बिभागकी सदस्य खुमादेबि शर्माको अथिती आसन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात रक्तिम कलाकारले गितबाट र जंग बहादुर थापाले उपस्थित जनसमुदायलाई शब्दबाट स्वागत गरेका थिए ।
आठौं अखिल भारत सम्मेलन भब्यरुपमा सफल भएको खुशियालीको शुभकामना मन्तब्य दिनेहरुमा एकराज पौडेल, राम बहादुर केसी लाल चन्द्र शर्मा, राजु बोहोरा, कृष्ण प्रसाद शर्मा, गणेश परियार, छबिलाल कार्की र रोमराज पौडेल लगायतले हुनुहुन्थ्यो।
कार्यक्रममा रक्तिमका कलाकारहरुले बिचबिचमा जनवादी गित र नृत्य प्रस्तुत गरेका थिए ।