नेल्लोर, १३ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत नेल्लोर नगर समितिको आयोजनामा आठौं अखिल भारत सम्मेलनको संदेश सभा भब्यताका साथ सम्पन्न भएको छ ।
अखिल भारत सम्मेलन २७/२८फरबरी र १ मार्च २०२२ का दिन फरीदाबादमा एतिहासिक रुममा सम्पन्न भएको हो । नेल्लोर नगर समितिका सदस्य रुकमान खड्काको अध्यक्षता केन्द्रीय परिषद देबीराम केसीको सञ्चाल अथिति आसनग्रहण ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पछि उपस्थिती जनमानसलाई नगर समितिका उपाध्यक्ष डिल बहादुर बसेलले शब्दबाट स्वागत मन्तब्य राख्नु भएको थियो ।
‘आठौं अखिल भारत सम्मेलनले संगठनलाई धमिलाउना खोज्ने अबसरबादीहरु बर्बराउने अबस्थामा पुराएको र यस्ता खाले अबसरबदीहरुलाई संगठनले समयमै पहिचान गर्दै आएको छ । केसीले भन्नु भयो- ‘यदी सगठनलाई कसैले कमजोर ठानेर आफ्नो ब्यक्ती फाइदाको लागि प्रयोग गर्न खोज्छ भने ऊ सोतः समाप्त भएर जाने छ ।’ कार्यक्रममा प्रमुख अतिथि ठाकुर केसीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको छविलाई आठौं अखिल भारत सम्मेलनले जोगाइ राखेको समेत बताउनु भयो ।
त्यस्तै महिला बिभाग नगर संयोजक भूमा देबी केसी, बिष्णु प्रसाद तिमिलिसेना, लक्ष्मण सुनारले पनि सन्देश सभामा शुभकामना मन्तब्य राख्नु भएको थियो ।