अम्बातुर स्टेट टोल समिति गठन

चेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिद्वारा सञ्चालित अम्बातुर “ए” एरिया समितिको अन्तर्गत अम्बातुर स्टेट टोल समितिको भेला सम्पन्न भएको छ । केन्द्रीय सदस्य श्री केशमान नेपालीको विशेष पहल तथा मूल प्रवाह चेन्नई पश्चिम नगर सचिव श्री किशोर शर्माको उपस्थितिमा सम्पन्न भएको थियो ।

भिम बहादुर नेपालीको अध्यक्षतामा किशोर शर्माद्वारा सञ्चालन भएको उक्त भेलामा वीर शहिदहरुप्रति १ मिनेट मौनधारण पश्चात भेलालाई अतिथिको आसनबाट श्री केशमान नेपालीले सम्बोधन गर्नुभएको थियो । सम्वोधनको क्रममा वहाँले प्रवासी नेपालीहरुको पीडा अनि समस्याको बारेमा, संगठनको संक्षिप्त इतिहास अनि भूमिकाको बारेमा स्पष्ट पार्नुभएको थियो ।

भेलाले मिलन परियारको अध्यक्षतामा एक स्थान रिक्त रहने गरि ११ सदस्सिय अम्बातुर स्टेट टोल समिति गठन गरेको छ । जसमा : उपाध्यक्ष- भिम बहादुर नेपाली, सचिव- निर्मल गुरुङ, सहसचिव- गंगा गुरुङ, कोषाध्यक्ष- दिपक परियार, सदस्यहरुमाः मन बहादुर माझी, निरज गुरुङ, जगत बहादुर नेपाली, रेणुका मांझी, गिता नेपाली रहनुभएको छ । एक स्थान पछि पुर्ति गर्नेगरि रिक्त राखिएको छ । अन्तमा भेलाका अध्यक्षद्वारा सौहार्दपूणर् वातावरणमा सानदार रुपमा आजको भेला सुसम्पन्न भएको घोषणा सहित कार्यक्रम बिसर्जन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार