काका र फुचुंग्री (भाग-३०)

फुचुंग्री :– चुनाव आयो हैं काका ?

काका :- आयो नानी ! उही पाँच वर्ष पहिलाको जस्तै।

फुचुंग्री :- केही परिवर्तन त भयो होला कि समय सँगै……

काका :– पार्टी दलहरुको त्यही झुटा आश्वासन, विकासे गफ, गाली गलौच, चलिरहेको छ । रक्सी मासु पैसाको खोलो बगाएर चुनाव जित्ने दाउमा छन् ।

फुचुंग्री :– राजमोको चुनावी मैदानमा कस्तो छ हलचल ?

काका :– राजमो मात्रै यस्तो एक पार्टी चुनावी मैदानमा उत्रीएको देखिन्छ जसले नीति सिद्धान्त विचार कार्यक्रमको आधारमा राष्ट्रियताको रक्षा, एम.सी.सी. खारेजी, संघीयताको विरोध, जनतन्त्र जनजीविकाको सवालमा जल्दाबल्दा मागहरु ज्वलन्त रूपमा उठाएको देखिन्छ । जनताले स्थानीय सरकार राजमोको हुनुपर्छ भन्ने आशा देखाएका छन्। गिलासमा भोट हाल्ने लहर चलेको छ ।

फुचुंग्री :– गठबंधन ठग बन्धन हो भनेर हल्ला पनि चलेको छ नि ?

काका :- एमाले-राप्रपा इतर अराजतावादी फुटपरस्त तत्वहरूको विकृत मानसिकता मात्रै हो । गठबंधनको देशव्यापी लहर देखेर अत्तालिएका छन् । चुनाव नहुँदै हार मानेर मानसिक सन्तुलन गुमाएका छन् ।

फुचुंग्री :– कांग्रेससँगको गठबंधन राजमोको नीति कार्यक्रमसँग मेल खाएन पनि भन्दैछन् नि काका ?

काका :– त पनि कति लाटी ! प्रतिगमनकारी पुनरुत्थानवादी तत्वहरू एक भएर आएको विषम परिस्थितिमा गठबंधन राष्ट्रिय आबस्यकता बनेको छ । गठबन्धन षयन्त्र बनेको छ, संयुक्त चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ । सबैको उद्देश्य प्रतिगमनकारी पुनरुत्थानवादी र फुटपरस्त तत्वहरूलाई हराउनु रहेको छ । देशैभरि गठबन्धनको आँधी आएको छ । विचारहरू अत्तालिएर बर्वराई रहेका छन् । कसैकसैले फेसबुकमा लेखेर आत्मसन्तुष्टि लिईरहेका छन् । राजमोका मान्छेले रुखमा भोट, कांग्रेसका मान्छेले गिलासमा भोट…. यस्तै-यस्तै भावनात्मक भड्काव दिने असफल प्रयास गरेका छन् । तिनीहरूलाई थाहा छैन र ? चुनावी तालमेल गठबंधनमा एक आपसमा समझदारी हुन्छ, आचार संहिता हुन्छ, नीति कार्यक्रम हुन्छ । यो अर्थमा गठबन्धनमा सामेल दल र कार्यकर्तामा कुनै भ्रम छैन, एकै निशाना छ एमाले-राप्रपा र फुटपरस्त तत्वहरूलाई किनारा लगाउँदै स्थानीय सरकार गठबन्धनको बनाउने ।

फुचुंग्री :– फुटपरस्त तत्वहरू त धमाधम स्वतन्त्र उम्मेद्वारबाट चुनावी मैदानमा उत्रिएको देखिन्छ नि ?

काका :- जति सोंचेका थिए पार्टीलाई धोस्त पार्ने जुन गुरु योजना थियो, सचेत र जागरुक संगठित क्रान्तिकारी मसालका जुझारु कार्यकर्ताले चकनाचुर पारिदिए, राजावादी विप्लव र ओलिको छायाँमा स्वतन्त्र उम्मेद्वार खडा गरेका छन् । राजनैतिक रूपमा पराजित भइसकेका छन् । अब केवल आक्रोश र पूर्वाग्रही कुण्ठा मात्रै बचेको छ, सबैलाई थाहा छ नीति सिद्धान्त विचारबाट चिप्लिएर लडिसकेकाको हविगत के हुन्छ । भिरबाट लडेको गोरुलाई काँध थाप्न कहाँ सकिन्छ र…….

फुचुंग्री :- के त्यसो भए कथित जागरण क्लबका मान्छेहरूको समन्वय समितिले हावा खाएकै हो नि ?

काका :- उफ ! के के सोध्छे यो फुचुंग्री पनि !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार