चेन्नई १ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नईमा १३३औं मजदूर दिवस सम्पन्न भएको छ । मूल प्रवाह केन्द्रीय समितिका सदस्य केशमान नेपालीको प्रमुख आतित्थ्यता रहेको गर्नुभएको उक्त मई दिवस समारोह उमानन्द शर्माको अध्यक्षताबाट अघि बढेको थियो ।
कार्यक्रममा चेन्नई पश्चिम नगर समिति सचिव किशोर शर्माले उद्घोषण गर्नु भएको थियो भने अतिथिहरुको आसन ग्रहण पश्चात ज्ञात-अज्ञात शहिदहरुप्रति १ मिनेट मौनधारण कार्यक्रम राखिएको थियो ।
मूल प्रवाहका केन्द्रीय परिषद सदस्य तथा उत्तर नगर समितिका अध्यक्ष गोपाल वि.क.ले शब्दद्वारा स्वागत गर्नुभएको सो कार्यक्रमका मूल प्रवाह केन्द्रीय सदस्य केशमान नेपाली, केन्द्रीय परिषद सदस्य तथा पश्चिम नगर समिति अध्यक्ष बुद्धिराम पौडेल, महिला विभागको तर्फबाट चन्द्रीका पौडेल, मूल प्रवाह दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष एवं दक्षिण नगर समितिका अध्यक्ष लोकेन्द्रले पौडेलले आतित्थ्यता गर्नुभएको थियो ।
अतिथीहरुले मन्तव्यको क्रममा मई दिवसको महानता र यस दिनको उच्चतालाई आत्मसात गर्दै १३३औं बर्षगांठको स्मरण सम्पूणर् श्रमिक मजदुरबर्गहरुको ८घण्टा काम, ८ घण्टा आराम त्यस्तै ८ घण्टा मनोरञ्जनका ति जायज मागहरुलाई अमेरीकाको शिकागो शहरका हजारौं मजदूरहरुको कत्लेआम पश्चात सन् १८८८बाट लगातार विश्वका गरिखाने बर्गहरुले महान् पर्वको रुपमा मनाउँदै आईरहेको बताउनुभएको थियो । त्यसैको निरन्तरता स्वरुप हामीले हरेक बर्ष मई दिवसको सार्थकता अझै कैयौं मजदूरहरुको बिचमा पुँजीवादी, मजदूरमारा कानूनहरु बिरुद्ध सचेत गर्नुपर्ने आवश्यकता माथी जोड दिनु भएको थियो ।
त्यस्तै नेत्रलाल शर्मा, चिन्तामणी शर्मा, खुमन प्रसाद भण्डारी, डिल बहादुर जि.एम., एकादेव शर्मा, दुर्गा बहादुर रायमाझी, निमलाल पौडेल, जागेश्वर गोराथोकी, नर बहादुर थापा, बल बहादुर केसी, दुर्गा परियार लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको बिच-बिचमा रक्तिम चेन्नईका कलाकारहरु द्वारा
उठ उठ भोका बन्दी
अब खिच लाल तरवार
कति दिन सहने हामी
जालीको अत्याचार
लगायत जोशिला रक्तिम गितहरुले सो कार्यक्रमको रौनकता झल्काएको थियो ।