कोचिन मूल प्रवाहले मनायो १३३औं श्रमिक दिवश

कोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको आयोजनामा १३३औं मई १ दिवश भब्य र सानदार रुपमा सम्पन्न गरेको छ । भबिलाल विकको अध्यक्षता तथा बाबुराम केसीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई नगर कोषाध्यक्ष गणेश शर्मा पौडयाले स्वागतस्वागत गर्नु भएको थियो ।

कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति सदस्य तथा नगर अध्यक्ष जुँगराज राँहु मगरले प्रमुख अथितिको आसनबाट आसनबाट मन्तव्य राख्नुभएको थियो । राहुँले १८८९ को अमेरिकी शिकागो शहरमा श्रमिकहरुको विद्रोह ८ घण्टा आराम, ८ घण्टा मनोरञ्जन श्रम अधिकार मजदुरहरुले पाए त पनि ति अधिकारहरु पुँजीपतिहरुले लुटेर लगेको बताउनु भएको थियो । त्यो अधिकार मजदुर वर्गले मागेर नभई, संगठित भई खोसेर ल्याउनु पर्ने बताउनु भएको थियो । आसन्न देशमा निर्वाचनको लागि राजमोले गरिरहेको गठबन्धनमा आर्थिक भौतिक र नैतिक रुपमा सहयोग गर्ने कुरा राख्नु भएको थियो भने नगर सचिव जनक बिसिले १०औं दक्षिण भारत क्षेत्रीय सम्मेलन सफल पार्न सम्पुणर्लाई आब्हान गर्नु भएको थियो ।

अन्न बोल्ने बक्ताहरुमा दिल बहादुर थापा, दुर्गा जिएम, जानका बिसी र साबित्रा घम बोल्नु भएको थियो । स्मरण रहोस कार्यक्रमलाई रक्तिम परिवारले “आऊ है एकताको झण्डा मुनि सबैलाई स्वागत छ” भन्ने गितले स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार