कोट्टयाममा १३३औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइयो

कोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस टोल एरिया स्तरिय भलिवल प्रतियोगिता र महिला बालबालिकाहरुको मनोरञ्जनात्मक कार्यक्रम सहित सम्पन्न पारेको छ ।

मनोज जिसीको सञ्चालन र हरि प्रसाद पौडेलको अध्यक्षता पछि समाजका केन्द्रीय सदस्य चोबनाथ शर्माले दक्षिण भारत क्षेत्रीय सहसचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा, क्षेत्री सदस्य भद्र बहादुर थापा, दक्षिण भारत क्षेत्रीय महिला बिभागकि सदस्य तथा नगर महिला बिभाग सचिव बालीकादेबि शर्मा, विद्यार्थि मोर्चा कोट्टयामका आलोक म्याक मिलनको अतिथि आसन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारणा पश्चात टिकाराम सुबेदीले स्वागत मन्तव्य दिनु भएको थियो ।

कार्यक्रम भब्य सफलताको शुःभकामना मन्तब्य पछि कार्यक्रमको उद्घाटन केन्द्रीय सदस्य चोबनाथ शर्माले गर्नुभएको थियो । भलिवल प्रतियोगितामा चार टिमले भाग लिएका थिए । जस्माः कायमकुलम एरीयाबाट दुई टिम, माबेलीकरा एरियाबाट एक टिम र चेट्टिकुलंकारा एरियाबाट एक टिमहरुबिच प्रतिसपर्दा भएको थियो । बिजय हुनेहरु प्रथम कायमकुलम ए, द्वितीय माबेलीकरा र तृतीय कायमकुलम बिले बिजय प्राप्त गरेका थिए ।

महिला दिदी बैहिनीहरुले फिलिं द वाटर र म्युसिकियन चेरमा भाग लिनु भएको थियो । जस्माः बिजयी प्राप्त गर्नेहरु बोतलमा पानी भर्ने प्रतियोगितामा प्रथम नन्दा गुरुङ द्वितीय पुष्पा देबि शर्मा र तृतीय बालीका देबि शर्मा रहनु भयको थियो। म्युसिकियन चियर मा प्रथम गुमा सुवेदी दृतिय कुमारी थापा र तृतिय पुष्पा देबि शर्माले बिजयी प्राप्त गर्नु भएको थियो।

पाँच देखि दश बर्ष भित्रका बाल बालीकाहरुले ५० मिटर दौडमा भाग लिएका थिए । प्रतियोगितामा प्रथम शिशिर नेपाली द्वितीय जीवन थापा र तृतिय सुशानत पुन रहेका थिए भने बालीकाहरुमा प्रथम बिनिता देबि शर्मा द्वितीय बबिता रिमालले बिजय प्राप्त गर्नु भएको थियो । दशदेखि पन्ध्र बर्ष भित्रका बालबालिकाहरुमा गणेश जिसी प्रथम विशाल प्रसाद शर्मा द्वितीय महेश नेपाली तृतीय । बालीकाहरुमा अनिसा प्रथम कबिता रिमाल द्वितीय र आईसा गुरुङ, तृतीय स्थानमा बिजयी हुनुभएको थियो ।

प्रतियोगिताको अन्तिम चरणमा दक्षिण भारत क्षेत्रीय समितिका सहसचिव तथा नगर अध्यक्षले बिजय हाँसिल गर्ने खेलाडीहरुलाई पुरस्कार बितरण गर्दै उपस्थित खेलाडी आयोजक र दर्शकहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको रक्त रँजित झण्डामुनि गोलबन्द रहँदै आगामी कार्यक्रमहरु पनि भब्यताका साथ सफल पार्न महत्वपुणर् योगदान पुराउन आग्रह गरदै उपस्थित सबैलाई धन्यबाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार