मूल प्रवाहले कोयम्बटोरमा मईदिवस मनायो

कोयम्बतुर। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोयम्बतुर नगर समितिको आयोजनामा १३३औं अन्तर्रास्ट्रिय मजदुर दिबस कार्यक्रम सम्पन्न पारिएको छ ।

उक्त कार्यक्रम घनश्याम शर्माको अध्यक्षता र प्रकाश शर्माको सञ्चालनमा अगाडि बढेको थियो । ज्ञात-अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात उपस्थित जनसमुदायलाई दिब्यश्री शर्मा (लक्ष्मी) ले शब्दबाट स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय परिसद सदस्य तथा क्षेत्रीय प्रतिनिधी रबिशंकर शर्माले उपस्थित जनसमुदायलाई में दिबस तथा मजदुरहरुको बारेमा प्रष्ट्याउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार