फुचुंग्री :- काका ! हिजोको मजदुर दिवस कार्यक्रम कस्तो भयो ?
काका :- सबै ठाउँमा जोश उत्साह थियो, नेपालमा चुनाव प्रचार प्रसार सहित मै दिवस मनाएको खबर आको छ।
फुचुंग्री :– तपाईहरुको कार्यक्रम पूर्व निर्धारित समय दिउँसो एक बजे भनेको किन तीन घण्टा ढिलो सुरु गर्नु भएको नि ?
काका :- प्राविधिक कारणले ढिलो भयो, उपस्थित जनमानसमा आइन्दा यस्तो महत्वपूणर् बिषयमा ध्यान दिने छौं , ढिलोको लागि क्षमा चाहन्छौं भनेर आयोजकको तर्फबाट भनिसकेका छौं ।
फुचुंग्री :- तपाईंको कार्यक्रम तीन घण्टा ढिलो भयो, दर्शक आत्तिए, आयोजक समितिले आगामी दिनमा समयको ध्यान दिनु होला भनेर मैले कमेन्ट गरेको थिए, तपाईंले त यो फेक न्युज हो भनिदिनु भयो त ?
काका :- हों मबाट गल्ति भयो । मैंले लेख्नु पथ्र्यो, प्राविधिक कारणले गर्दा ढिलो भयो । आइन्दा समयको ध्यान दिइनेछ । मैंले यो भनेको भए उपस्थित सबैलाई सहज र प्रसन्नता हुनेथ्यो । फेकन्युज भनिदिनाले प्रत्यक्ष रूपमा देखिरहेका दर्शकको नजरमा आयोजकको छवि खराब हुन गएको छ त्यसको लागि माफी माग्न चाहन्छु ।
फुचुंग्री :- होइन काका, तपाईंले त कार्यक्रम ढिलो भयो किन लेखेको ? कसले भनेको ? त्यता तिर पो जोड लगाउनु भयो किन हो ?
काका :– हो मैले पहिलै भनिसके आयोजकको तर्फबाट कमजोरी रह्यो । पूर्व निर्धारित समय अनुसार कार्यक्रम गर्नु पथ्र्यो । आधा घण्टा एक घण्टा ढिलो सुरु हुनु स्वाभाविक हो । तिम्रो कमेन्टलाई सुझाबको रूपमा लिनु पथ्र्यो त्यसो हुन सकेन।
फुचुंग्री :- माथिल्लो तहमा यस्तै मनोमानी ढंगले काम गर्न मिल्छ र ? सिस्टम पद्धति फलो गर्नु पर्दैन र ?
काका :- हो हामीले काम गर्दा केन्द्रदेखि सेलसम्मको तालमेल सुझावलाई ध्यान दिनै पर्छ । कार्यकर्ता समर्थकको रुचि सुझाव सह्योगको ख्याल गर्नै पर्छ । हो हामीमा गल्ति कमजोरी सहर्ष स्वीकार गर्ने बानी बसाल्नु पर्छ । तिम्रो सुझाव पनि अति राम्रो छ । हामीले ग्रहण गर्दै आगामी दिनमा अझ बढी राम्रो कार्यक्रम दिनेछौं ।
फुचुंग्री :- स्थानिय चुनाव प्रचार प्रसारको तयारी के छ नि काका ?
काका :- गठबन्धनको सरकार निश्चित छ । समझदारी कायम भएका ठाउँमा मिलेर जाने र समझदारी हुन नसकेका ठाउँमा खुल्ला प्रतिस्प्रदा गर्ने पार्टीको नीति छ । पार्टीले चुनाव चिन्ह गिलासमा आफ्ना उम्मेदवारी दिएको छ । राष्ट्रिय जनमोर्चा एक विकल्पको रूपमा देखापरेको छ ।
फुचुंग्री :- भारतबाट पनि चुनावमा गएका छन् हैं मूल प्रवाहका नेता कार्यकर्ता ?
काका :- सयौंको संख्यामा मूल प्रवाहका नेता कार्यकर्ता यतिबेला राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई जिताउन गिलासको प्रचार प्रसार गर्न घरदैलो कार्यक्रमहरुमा व्यस्त हुनुहुन्छ ।
फुचुंग्री :- प्यूठानको झिमरुकमा र गुल्मीको कालीगण्डकीमा त गठबन्धन घटक दल माओवादीले एमालेसँग तालमेल गरेर बाँगी उमेदवार उठाएछन् नि ?
काका :- बीच बीचमा घात गर्ने बानी यिनीहरूको छ, तैपनि पाँच दलिय गठबन्धन घटकको चुनावी आचार संहिताको कुरा माओवादी प्रमुखसँग राखिएको छ । हेरौँ आशा गरौं सबै कुरा ठीक हुनेछ ।
फुचुंग्री :- जागरण क्लबका मान्छेहरूको लागि यो चुनाव हात्ती आयो हात्ती आयो फुस्सा… भयो है ?
काका :- उफ ! के के सोध्छे यो फुचुंग्री पनि !