राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध मूल प्रवाहद्धारा केरलामा विरोध सभा

#धर्मराज शर्मा,

कोट्टयाम केरला, २७ जुलाई । २०७९ श्रावण ०७ गते राष्ट्रघाती नागरिकता बिधेयक प्रतिनिधि सभाद्धारा पारित गरेको छ । उक्त पारित विधेयकका विरुद्ध प्रवासि नेपालीहरुको अभिभावकीय संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विरोध जनाउँदै आज भारत व्यापी विरोध सभा सम्पन्न पारेको छ ।

‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’ भन्ने मूल नारा अन्तर्गत मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्याम नगर समितिले विरोध सभा सम्पन्न गरेको छ ।

राष्ट्रघाती नागरिकता विधेयक नेपाल र नेपालीहरुको हितमा नभएर बिदेशी प्रतिकृयाबादीहरुको चलखेलमा भित्र्याइएको र नेपाललाई फिजी बनाउने तर्फ लगिएको भन्दै वक्ताहरुले विरोध जनाउनु भयो । कार्यक्रममा केन्द्रीय सदस्य चोबनाथ शर्मा र क्षेत्रीय सह सचिव तथा नगर समितिका अध्यक्ष धर्मराज शर्मा, महिला बिभागकी लक्ष्मी पौडेलले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम एकराज पौडेलको सञ्चालन र अध्यक्ष धर्मराज शर्माको अध्यक्षताबाट अगाडि बडेको बिरोध सभाहमा केन्द्रीय सदस्य चोवनाथ शर्मा, क्षेत्रीय सहसचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा, लक्ष्मी पौडेलको अतित्थ्यता पश्चाल ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पछि हरीप्रसाद पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार