#जनक बिसी
कोचिन केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको आयोजनामा नेपालको संसदबाट पास गरिएको नागरिकता विधेयकका विरुद्ध केरलाको कोचिनमा विरोध सभा सम्पन्न भएको छ । “रास्ट्रघाति नागरिक विधेयक खारेज गर” मूल नारा अन्तर्गत आयोजित सो कार्यक्रमको अध्यक्षता श्री प्रेम बिकले र सञ्चालन बाबुराम केसीले गर्नुभएको थियो ।
अथिति आशण ग्रहण पछि सर्वप्रथम ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेट मौनधारण गरिएको थियो ।
प्रमुख अथिति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य श्री जुँगराज राँहु मगरले विश्वका सबैभन्दा बढी जनसंख्या भएको दुई साम्राज्यवादी देशहरू भारत र चिनको बिचमा रहेको यति सानो नेपाल जस्तो देशमा नागरिकता जस्तो सम्वेदनशिल प्रमाण पत्रलाई खुकुलो प्रकारले वितरण गर्ने नीति बिदेशीहरुको इशारा र दबावमा भएको बताउनु भयो ।
देशको स्वाधिनता र सार्वभौमिता नै गुम्ने खतरा हालै संसदबाट पास गरिएकको नागरिकता विधेयकले निम्ताएको राहुँ मगरले जोड दिनु भयो । ॅरास्ट्रघाति नागरिक विधेयक खारेजीको दिशामा देशभक्त शक्तिहरुले शक्तिशाली जनआन्दोलन उठान गर्न जरुरी छ’ राहुँले जिकिर गर्नु भयो ।
कार्यक्रममा रिखेन्द्र बिसी, जनक बिसी, जानका बिसी, पदम थापाले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई साबित्रा घर्ती मगरले मन्तव्यद्धारा स्वागत गर्नु भएको थियो ।