काका र फुचुंग्री (भाग-३८)

कोटफुर्से

फुचुंग्री :– काका ! ताइवानको झट्का काठमाडौंसम्म ?

काका :- ताइवान चीनको एक प्रान्त हो भन्ने एक चीन नीतिको समर्थन गर्नुको विकल्प छैन ।

फुचुंग्री :– फूटपरस्तहरूको विशेष महाधिवेशन नै विलय महाधिवेशन हुने संभावना देख्नु हुन्छ र काका ?

काका :– नयाँ जोगिले खरानी धेरै घस्छ, भन्छन्, बुझेकी छैनौ र ? उनीहरुको लक्षण पनि देखाउन थालिसकेका छन् ।

फुचुंग्री :– मंसिर चार गते चुनाव हुँदैछ भन्ने कुरा के हो ?

काका :– हो चुनाव हुँदैछ । पाँच दलित गठबन्धन संयुक्त रूपमा चुनावी अभियानमा जाने निणर्य भएको छ । सबैभन्दा तकलीफ प्रतिगामी र फुटपरस्तहरूलाई भएको छ ।

फुचुंग्री :- विगतका अनुभव हेर्दा प्रचण्डको विश्वास गर्ने ठाउँ छैन नि काका ?

काका :– यसो त गठबंधन गरेर चुनाव जित्ने र ओलीसँग मिलेर सरकार बनाए भने आश्चर्यको कुरा हुने छैन ।

फुचुंग्री :– वर्ग दुश्मन र वर्ग मित्रको बारेमा धेरै चर्चा चलेको छ, के नयाँ जनवादी क्रान्तिको शुरुवात भई त्यसको लागि रणनैतिक मोर्चा बन्यो र काका ?

काका :– उफ ! के के सोध्छे यो फुचुंग्री पनि !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार